२८ साउन, राजविराज ।
सप्तरीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । डाकनेश्वरी नगरपालिका छातापुर घर भई राजविराज नगरपालिका ६ मा बस्दै आएका ८० वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार कोरोना संक्रमण देखिएपछि आइसोलेसन र्पुयाउने क्रममा ती वृद्धको मृत्यु भएको हो ।
चारदिन अघि ज्वरो आएपछि चिकित्सकको उपचार गराउन आएका ती पुरुषको स्वाब लिइएको थियो । स्वाब परीक्षणको रिपोर्ट मंगलबार साँझ पोजिटिभ आएपछि एम्बुलेन्समा आइसोलेसन पुर्याउने क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए ।
यो सँगै जिल्लामा कोरोनाबाट मृ्त्यु हुनेको संख्या ३ पुगेको छ ।