×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || Mar-22-2026 || Nepal Times
Mar 22, 2026
Playing
१२ गते सपथ, १३ गते सरकार गठन, १६ गते संसद्को अधिवेशन|| Nepal Times#balen #nepal #rsp
Mar 22, 2026
Playing
किन दुर्घ ट नातर्फ जाँदैछ नेपाली फुटबल ? प्रतिबन्धको जोखिम || Nepal Times
Mar 22, 2026
Playing
एमालेमा पूर्वमाओवादी: बादललाई लाभ अरू बदनाम र गुमनाम || Nepal Times
Mar 22, 2026
Playing
इरानी आ क्रम णबाट अमेरिकी अड्डामा झण्डै १ खर्ब २० अर्ब बराबरको क्ष ति || Nepal Times
Mar 22, 2026
Playing
होर्मुजमा २२ देशबाट घेरियो Iran, Trumpले दिए ४८ घण्टा, Israelमा भीषण हम ला || Nepal Times
Mar 22, 2026
Playing
कस्तो रहन्छ आजको मौसम ? के भन्छन् मौसमविद् ? || Nepal Times
Mar 22, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026

कोरोनाको भयका कारण राधाकृष्ण रथयात्रा गाडीमा गराईयो (फोटोसहित)

२८ श्रावण २०७७

२८ साउन, विराटनगर । बाजागाजा, झाँकी, नृत्य, भजनमण्डलीसहित विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट अर्थात आजैका दिन भगवान राधाकृष्णको रथारोहण हुँदै आएको थियो ।

दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्राका रुपमा मानिएको विराटनगरको ऐतिहासिक रथयात्राको अवलोकन र श्रीकृष्ण भगवानको दर्शन गर्न हरेक वर्ष विराटनगरका सडकमा लाखौं भक्तजनहरुको घुँइचो देखिन्थ्यो ।

Advertisement

प्रत्येक वर्ष नेपालसंगै भारत, बंगलादेशबाट समेत झण्डै पाँच लाख दर्शनार्थीहरु रथयात्रामा सहभागि भएर एकैसाथ विराटनगरको सडकमा देखिनु त्यो पनि नगण्य घट्नाबाहेक विराटनगरबासीको लागि गौरव र पहिचानको विषय बनेको छ । तर विराटनगरको यस भब्य ऐतिहासिक, दक्षिण एसियाकै दोस्रो ठूलो मानिएको रथयात्रा यस वर्ष भने विधी पूरा गर्दै औपचारिकतामा मात्रै सिमित भएको छ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, रथयात्रा आयोजक समितिका अध्यक्ष बाबुराजा ओझा लगायत समिति पदाधिकारीको सहभागितामा रथयात्रालाई औपचारिकता दिईएको छ।

भगवान राधाकृष्णलाई गाडीमा हालेर नगर परिक्रमा गराईएको छ। तीनपैनी स्थित मन्दिर परिसरबाट निकालिएको रथ गाडीमा गोल्छाचौक, महेन्द्र चोक, मुनालपथ, बरगाछी हुदै पुन मन्दिर परिसर पुगेको थियो । कोरोना भाइरसको संक्रमण र यसको जोखिमका कारण विधि पूरा गर्दे जनसागर सहभागि हुने रथयात्रा केही ब्यक्तिमा सिमित गरिएको हो ।

प्रत्येक वर्ष आजको दिन जनसागर उत्रिने विराटनगरका सडकहरु आज सुनसानप्रायः देखिएका छन । त्यसमाथि तिव्रगतिमा समुदायस्तरमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि लगाइएको लकडाउन र केही स्थानहरु शील गरिएकाले पनि विराटनगर सुनसान देखिएको छ ।

हरेक वर्ष उल्लासमय कृष्णजन्माष्टमी तथा रथयात्रा मनाउँदै आएका विराटनगरका भक्तजनहरुले यस वर्ष भने मन्दिरमा सामाजिक दुरी कायम गर्दै तथा घर, घरमै राधाकृष्णको आराधाना गरी मनाएका छन् ।

कोरोनाको संक्रमण बढ्दै गएपछि र रथयात्रा निकाल्दा बढि भिडभाड तथा संक्रमण फैलिन सक्ने जोखिमका कारण यस वर्षको रथयात्रा ननिकाल्ने निर्णय गरेको विराटनगर तीनपैनीस्थीत श्री राधाकृष्ण मन्दिर समितिले यस अघिनै जनाइसकेको छ ।

द्धापर युगमा पिता वासुदेव र माता देवकीको कोखबाट भाद्र कृष्ण अष्टमीको दिन भगवान श्री कृष्णको जन्म भएको थियो । त्यसैले सो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भन्ने गरिन्छ ।

यसवर्ष कोरोनाको कहरमा संसारभरका हिन्दु धर्मावलम्बी र भगवान श्री कृष्णका भक्तहरुले जन्माष्टमी भीडभाड नगरी मनाएका छन् ।

त्यसैगरी नेपालका विभिन्न स्थानमा रहेका राधाकृष्ण मन्दिरबाट जन्माष्टमीको भोलीपल्ट निकालिने रथयात्रा पनि स्थगित गरिएको छ । विराटनगरको राधाकृष्ण रथयात्रा वि.स. १९८८ मा खटयात्राबाट सुरु भएर ०२४ सालदेखि रथयात्रामा परिणत भएको हो । ८ जनाले थालेको खटयात्रा अहिले रथ यात्रामा परिणत हुँदा प्रत्येक वर्ष ५ लाख र सोही हाराहारीमा भक्तजन सहभागी हुदै आएका थिए ।

यसदिन राधाकृष्णको दर्शन तथा रथको डोरी छुँदामात्र पनि पाप नास हुने जनविश्वासका कारण पनि रथयात्रामा भक्तजनहरुको घुँइचो लाग्ने गरेको थियो ।

भर्खरको समाचार

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top