नेकपा वडा कमिटीद्वारा विराटनगरमा स्यानिटाइज

२८ साउन ७७, बुधबार

२८ साउन, विराटनगर ।
हरेक दिन कोरोनाको संक्रमण फैलिएको विराटनगरका केही क्षेत्रमा विभिन्न संघ संस्था तथा संगठनले स्यानिटाईज गर्न थालेका छन् । कोरोना संक्रमण फैलिन नदिन विराटनगर वडा नं ८ मा संक्रमितको घर वरपर स्यानिटाईज गरिएको छ ।

Advertisement

विराटनगर– ८ को नेकपा वडा समितिले बुधबार सो वडाका संक्रमितको घर वरपर स्यानिटाईज गरेको हो । १७ घरमा स्यानिटाईज गरी संक्रमणबाट जोगिन मास्क, स्यानिटाईजर वितरण गरिएको नेकपा विराटनगर–८ का अध्यक्ष राम पोखरेलले जानकारी दिए ।

Advertisement

साथै स्यानिटाईज गरिएको घरहरुमा कोरोनाको लागि प्रभावकारी मानिएको गुर्जो, अदुवा लगायतका सामाग्री हस्तान्तरण गरिएको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top