×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेपालमा कोरोनाबाट एकैदिन ८ जनाकाे मृत्यु, मृतककाे संख्या ९१ पुग्याे

२८ श्रावण २०७७

२८ साउन, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ८ को मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार पुष्टि गरेको हो ।

काठमाडौं टेकुकी एक महिला, धादिङका एक पुरुष, जनकपुरका एक पुरुष र एक महिला, सप्तरीका एक पुरुष, मोरङ बुढीगंगाका एक पुरुषको मृत्यु भएको हो । त्यस्तै कपिलवस्तुका एक पुरुष, बाराका एक पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

Advertisement
Advertisement

बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । विराटनगरमा १२ सहित प्रदेश १ मा बुधबार ४८ जना संक्रमित थपिएका छन् ।

यो संगै प्रदेश १ मा संक्रमितको संख्या पुग्यो १ हजार ६ सय ११ पुगेको छ भने १ हजार १८ जना डिस्चार्ज भएका छन् ।पछिल्लो २४ घन्टामा देशभरमा ६४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

Advertisement

हालसम्म कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय २८ छ । प्रवक्ता गौतमले क्वारेन्टाइनमा १४ हजार ८ सय ४६, आइसोलेसनमा ७ हजार ६ सय १३ रहेको जनाए । पछिल्लो २४ घन्टामा १० हजार ४ सय ८१ पीसीआर परीक्षण गरिएका छन् भने हालसम्म ४ लाख ७३ हजार १७९ पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले बताए ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top