प्रकाश बन्जरा ।
३२ साउन, काठमाडौँ ।
सामाजिक र मानवीय सेवाको कार्यमा अग्रणी स्थानमा रहेको गैरआवासीय नेपाली संघ (एनआरएन) युएईका अध्यक्ष प्रकाश कोइरालामाथि पूर्वाग्रही भएको आरोप लागेको छ । कार्यसमितिका सदस्यहरुले अध्यक्ष पूर्वाग्रही बन्दा संस्थाको नाम बदनाम भएका गुनासो गरेका छन् ।
राष्ट्रिय समन्वय परिषदमा पछिल्लो एक बर्षदेखि नै आन्तरिक विवादमा चलिरहेका सहमतिमा सबै प्रक्रिया टुंग्याउने सहमतिसहित अध्यक्ष चुनिएका कोइरालाले सबै पक्षलाई समेट्न असमर्थ रहेको र अध्यक्ष पार्टी निर्देशनमा चल्ने गरेको आरोप समेत सदस्यहरुले लगाएका छन् । हालै बेलायत लगिदिने भन्दै युएई लगेर केही कामदारलाई अलपत्र पार्ने दलाललाई समेत गैह्रआबासीय नेपाली संघ युएईका केही पदाधिकारीले सरक्षण गरेको कुरामा संस्थामा चर्को विवाद भएपछि संस्था अहिले दुई धारमा चलेको छ ।
विवाद सुरु भएको तीनजुरे मेनपावर कम्पनी मार्फत युके लैजाने भन्दै युएई पुर्याइएका ६३ जना पिडितहरुले आफुहरु ठगिएको विषयमा नेपाली दूतावासमा निवेदन दर्ता गराएपछि संस्थामा एकलौटी गरेको भन्दै आरोप प्रत्यारोप चल्दै आएको छ । पिडितहरुले उद्दार र दलाललाई कार्बाहीका निमित्त लिखित निबेदन दुवै क्षेत्रीय समितिमा दिएको भएपनि क्षेत्रीय अध्यक्ष भिम मल्लले प्रत्यक्ष रुपमा अध्यक्ष कोइरालाको समन्वय र निर्देशनमा काम गरेको तर पछि पिडितहरुको आपसी मारपिटमा अनाहकमा मुछिएका मल्ललाई काम गर्न निर्देशन दिने अध्यक्ष कोइरालालेनै कारबाही र निलम्बन गर्ने बिज्ञप्ति निलाकेपछि संघको बिबाद छताछुल्ल भएको हो।
अध्यक्षले आफैँ निर्देशन र निगरानी गर्ने अनि आफै कुन नैतिकताले मल्ललाई कारबाही गर्ने विषय माथि बिरोधी खेमाले प्रश्न उठाउका छन् । कार्यसमितिलाई पंगु बनाउदै एकलौटी निर्णय गरेको भन्दै संघका २ जना उपाध्यक्ष, २ जना सचिब र ३ जना कन्द्रीय सदस्यले राजीनामा दिएका छन् ।
संस्थाका आधिकारकि धारणा सार्वजनिक गर्दापनि बोर्डमा छलफल नगरी एकल हिसाबले निकाल्ने र कानुनी प्रक्रियामा सामेल नभई एकलौटी चल्न खोज्नुले समस्या भएको नेपाल एसोसिएसनका अध्यक्ष तथा एनआरएनका निबर्तमान अध्यक्ष रमेश श्रेष्ठ बताउँछन् । विवादका विषयमा अध्यक्ष कोइरालाको कुनै आधिकारीक धारणा भने अहिलेसम्म आएको छैन् ।
