२ भदौ, चितवन ।
चितवनको खैरहनी नगरपालिका–३ की १०९ वर्षकी वृद्धाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।
१२ दिनदेखि बिरामी वृद्धाको गएराति पौने एक बजे नै मृत्यु भएको जनाईएको छ । उनको सोमबार स्वाब संकलन गरी भरतपुर कोभिड ल्याबमा जाँचका लागि पठाइएकोमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर कोभिड ल्याबले जनाएको छ ।
वृद्धामा परिवारकै सदस्यबाट कोरोना भाइरस सरेको अनुमान गरिएको छ ।