भारतमा एकै दिन थपिए ६५ हजार कोरोना संक्रमित

३ भाद्र, एजेन्सी ।
भारतमा एकैदिन ६५ हजार कोरोना संक्रमित थपिएका छन्।

Advertisement

पछिल्लो २४ घन्टामा विश्वभर थपिएका कोरोना संक्रमित मध्ये भारतमा सबैभन्दा धेरै थपिएका हुन्। त्यहाँ संक्रमण पुष्टि हुने र मृत्यु हुनेको संख्या दिनहुँ बढ्दै गएको छ। अघिल्लो दिन ५४ हजारमा संक्रमण पुष्टि भएकोमा पछिल्लो २४ घन्टामा ६५ हजार संक्रमित थपिएका छन्।

एक हजार भन्दा धेरै मानिसको मृत्यु भएको छ। भारतमा हालसम्म कुल संक्रमितको संख्या २७ लाख ६६ हजार ६ सय पुग्दा २० लाख ३६ हजार ७ सय मानिस उपचारपछि निको भएका छन्। त्यहाँ कोरोनाका कारण ५३ हजार मानिसको मृत्यु भएको छ।

Advertisement

यस्तै पछिल्लो २४ घन्टामा ब्राजिलमा ४८ हजार ६ सय कोरोना संक्रमित थपिँदा १ हजार ३ सय ६५ जनाको मृत्यु भएको छ। यस्तै अमेरिकामा ४१ हजार पाँच सय संक्रमित थपिएका छन् भने १ हजार २ सय ३५ जनाको मृत्यु भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top