ज्ञानेन्द्र शाहद्वारा राष्ट्रकवि घिमिरेको निधनमा दुःख व्यक्त

३ भदौ ७७, बुधबार

३ भाद्र, काठमाडौं ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति पूर्वराजा ज्ञानेन्द्र शाहले गहिरो दुःख व्यक्त गरेका छन्।

Advertisement

देशभक्ति र प्रकृति प्रेममा आधारित घिमिरेका अनेकौँ काव्य कृति सदा पठनीय र मननीय छन् भन्ने कुरा उल्लेख गर्दै पूर्वराजा शाहले उनको निधनले नेपाली वाङ्गमय र साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको बताएका छन्।

साथै पूर्वराजा शाहले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको उनको सचिवालयद्वारा जारी शोक वक्तव्यमा उल्लेख छ। मंगलबार बेलुका निधन भएका राष्ट्रकवि घिमिरेको बुधबार राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदै छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top