रक्षामन्त्रीले ओढाए राष्ट्रकविको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

३ भदौ ७७, बुधबार

३ भाद्र, काठमाडौं ।
दिवंगत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थिव शरीरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएका छन् ।

Advertisement

राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार बेलुका निधन भएको हो । रक्षामन्त्री पोखरेलले बुधबार बिहान लैनचौर स्थित निवासमा गएर घिमिरेलाई अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन् । सेनाका उपरथीसमेत रहेका घिमिरेको अन्तिम संस्कार बुधबार नै पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ गरिँदै छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top