×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बुवाका नाममा दुई शब्द

३ भाद्र २०७७

फेसबुकका भित्तामा थुप्रै बुवाहरुको तस्वीर देखेपछि बुवाका नाममा केही नलेखी म रहन सकिन । मेरो बुवाले धेरै पढ्न पाउनु भएन फेरि स्वाभाबैले मेरो बुवा सोझो र इमान्दार हुनुहुन्छ । यसको अर्थ पढेकाहरु चाही सोझो र इमान्दार हुदैनन् भन्ने होइन । आफ्नो एकल निर्णय गर्न नसकेकै कारण बुवा निकै पछाडि पर्नुभयो तर हाम्रो लागि बुवा बुवा नै हो । उ बेला हाम्रो खुसीको लागि चट्टान फुटाउनु भयो । ४ माना अन्नको लागि दिनभर अर्काको काम गर्नु भयो त्यही भएर परिवारमा चारो जुटाउनु भयो । छरछिमेकमा सगाउ पगाउ गर्न कहिल्यै नाइभन्नू भएन त्यही भएर पनि मेरो बुवाले मन हुनेको माया पाउनु भएको छ । मन नहुनेले अहिले पनि बुवाको सोझोपनको फाइदा लिएकै छन । सोझोलाई हेप्ने प्रबृत्ति नहट्दा बुवाले आफू नखाइ नखाइ दुई पैसा ब्याजको आशामा ओल्लाघरे, पल्लाघरे, माथ्लाघरे , पुच्छार घरे सिरान घरेहरुलाई दिएको ५ सय अहिलेसम्म सावाँ सहित फिर्ता दिएका छैनन् । कसैले जग्गा मेरै बुवालाई बेचेका छन तर पैसा चुक्ता गरेको १२ बर्ष सम्म समेत पास गरिदिएका छैनन् । त्यो सबै मेरो बुवा सोझो भएको बेफाइदा हो । ती सबै अर्कालाई हेप्न बानी परेकालाई मेरो केही भन्नू छैन बस समयले उनीहरुलाइ सच्चिने अबसर दियोस् ।

जे भए पनि बुवा भनेको बुवा नै हो हामी ५ जनालाई हुर्काउनु भयो , बढाउनु भयो त्यो पनि थुप्रै गर्नुभयो बुवाले । यत्रो गर्दा पनि हामीले खोजेको बेला २ रुपैयाँ नपाउदा बुवालाई गाली गर्न छोडेनौ , बुवाले नसक्ने माग राखेर बुवालाई गलाउन पनि हामीले छोडेनौ । जे भएपनि बुवा बुवा नै हो । बुवा हामी सबैका अभिभावक , बुवा आफ्नो सन्तानको सुख र खुसीमा मुस्कुराउने पात्र । बुवा भगवान बुवा आफ्नो सन्तानलाई सहि बाटोमा र्डोयाउन अहोरात्र खटिने पुरुष । साच्चिकै भन्ने हो भने महापुरुष हो बुवा । आमाले ९ महिना गर्भमा बोक्नु हुन्छ भर अभरमा आमालाई सघाउने बुवा, आमाले जन्माउनु हुन्छ खर्चको जोहो गरेर अस्पताल लैजाने बुवा, आमाले तेल लगाइदिनु हुन्छ , खुवाउनु हुन्छ किनेर ल्याइदिने बुवा, आमाले खाना खुवाएर स्कुल पठाउनु हुन्छ किताब कापी किनिदिने बुवा । परिवारमा खुशी बाड्न सारा दुख सहने बुवा, सन्तानको भविष्यप्रति दिन रात चिन्तित हुने बुवा, परिवारको सारा आर्थिक पाटो टाउकोमा बोकेर परिवारलाई आर्थिक पाटोका सुरक्षित आभास गराउने बुवा ।

हामी हुर्किन्छौ बढ्छौ रहर बढ्दै जान्छन अरुले खेलाएको खेलौना देख्छौ हामीलाई त्यही चाहिन्छ , बुवासँग त्यो किन्न सक्ने क्षमता छ कि छैन त्यो हामीलाई थाहा छैन बरु हामीलाई चाहियो । रुने , कराउने, चिच्याउने बुवा सगैँ त हो । बुवाको मन पहिले सम्झाउनु हुन्छ , हामी मान्दैनौ अनि आफ्नो सन्तानको खुसीको लागि जसरी पनि ल्याइदिनु हुन्छ ।

सामान्यतया प्रबेशिका सम्मको पढाई सकेपछी हाम्रा ठूला सपना साकार पार्न बुवालाई आर्थिक बोझ पर्छ । बुवाको हैसियत के हो त्यो नबुझी हामी आफ्ना साथीहरूको लहैलहैमा लागेर आर्थिक भार सहितको पढाइ खोज्छौँ । महँगो क्याम्पसमा पढाउन भन्छौ त्यसो गर्न बुवाले आफ्ना कैयौं सपनाको आहुती दिदै आफ्नो सन्तानको खुशी रोज्नुहुन्छ । हामी र हाम्रो समाजले आमालाई मात्र महान ठान्ने गरेको पाइन्छ । आमाको महत्व र बुवाको महत्व दुबै फरक र उत्तिकै हुन्छ ।आमाले मातृत्व दिनुहुन्छ बुवाले कर्म दिनुहुन्छ । त्यसैले आमाबुवाको स्थान समान हुनुपर्छ । उहाँहरु दुबै हाम्रो सरक्षक हुनुहुन्छ ।

बुवाबिस्तारै बृद्धा अबस्थामा जानू हुन्छ। हामी बयस्क हुन्छौं । आफैं कमाउन थाल्छौ त्यसपछि बुवाको महत्व कम हुँदै जाने गरेको छ । पहिला हाम्रो आवश्यकताको लागि लड्ने बुवा वृद्ध हुदा हामीले उहाँहरुलाई उचित हेरचाह गर्नु आबश्यक हुन्छ । कुशेऔशी अर्थात बुवाको मुख हेर्ने दिनमात्र सामाजिक संजालमा बुवाका फोटो टासेर कदापि बुवाको सम्मान हुँदैन । बुवाको सम्मानको लागि छोराछोरीले उहाँको हरेक सपनाहरू साकार पारिदिनु पर्छ जसरी उहाँले छोराछोरीको सपना साकार पार्न आफ्ना सपनाको आहुतीदिनु भएको छ । वृद्ध बुवाआमा प्रतिमाया श्रद्धा राखौं । उहाँहरुको कुरा सुनौ , उहाँहरुलाई सन्तानको आबश्यकता पर्दा हाजिर होऔ त्यो बुवाप्रतिको सम्मानहो । मेरो अभिभावकत्व गर्ने बुवालाई कुशेऔशीको असीम शुभकामना ।

भर्खरको समाचार

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

सम्बन्धित खबरहरु

Scroll to Top