३ भदौ, वीरगन्ज ।
वीरगन्जको वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी ४० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
उनको बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । ती महिला अनियन्त्रित मधुमेह र निमोनियाबाट पीडित थिइन् ।
वीरगन्जको रेशमकोठी निवासी महिला विगत ४ दिनदेखि एक निजी अस्पतालमा उपचार गराईरहेकी थिइन् । कोरोना संक्रमणको आशंकामा मंगलबार उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पोजिटिभ देखिएपछि उनलाई कोरोना अस्पतालमा ल्याएको थियो ।