४ भदौ, राजविराज ।
धरानमा मंगलबार मृत्यु भएका सप्तरीको राजविराज वडा नंं. ४ का २८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
युवकलाई ज्वरो आएको र सास फेर्न गाह्रो भएका सुरुमा उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल लगिएको थियो ।
उनको अवस्था गम्भीर रहेको भन्दै अस्पतालले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रेफर गरेको थियो । उनको धरान लगिएको केहीबेरमै मंगलबार दिउँसो मृत्यु भएको थियो ।
ती युवकको शव राजविराज ल्याइएपछि कोरोना संक्रमणको आशंकामा स्वाब संकलन गरिएको थियो । स्वाबको रिपोर्ट बुधबार राति कोरोना पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
सप्तरीमा यी युवकसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।