४ भदो, चितवन । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षीय पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार विगत ६ दिनदेखि कोभिड १९ सङ्क्रमण भइ अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत ती पुरुषको दिउँसो करिव ३ बजेतिर ज्यान गएको हो ।
मृतक पुरुष दीर्घरोगी रहेको र उनमा फोक्सोमा क्षयरोग, मेरुदण्डसम्बन्धी समस्याले खुट्टा नचल्ने, मृगौलामा समस्या लगायतका समस्या रहेको जनाइएको छ । उनीसँगै कोरोना सङ्क्रमणका कारण अहिलेसम्म भरतपुर अस्पतालमा तीन जनाको ज्यान गइसकेको छ ।