×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

माडीमा राम मन्दिरसहितको अयोध्याधाम निर्माणका लागि जमिनको खोजी गरिँदै

५ भाद्र २०७७

५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएको अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिले चितवनको माडीमा राम मन्दिरसहितको अयोध्याधाम निर्माणका लागि उपयुक्त जमिनको खोजी गरिरहेको छ ।

गत मंगलबार बसेको समितिको बैठकले अयोध्या मन्दिर निर्माणका लागि माडीका तीन ठाउँका ५०र५० विघा जमिनमध्ये कुनै ठाउँ उपयुक्त हुने पहिचान गर्ने निर्णय गरेको छ।

भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारत नभई माडीको अयोध्यापुरी रामको जन्मस्थल रहेको बताएपछि यसले तरंग पैदा गरेको थियो ।

समितिका संयोजक नारादमणी पौडेलले राम मन्दिरसहितको भव्य अयोध्याधाम निर्माणका लागि तीन स्थानको सिफारिस माडी नगरपालिकासमक्ष गरिएको बताए।

बैठकमा माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालको पनि उपस्थिति रहेको थियो।

माडी–८ दक्षिण अयोध्यापुरीस्थित आधारभूत विद्यालयको दक्षिण पश्चिममा रहेको जमिन, माडी–९ स्थित घाँगरखोलाको छेउमा रहेको कृष्णनगर पार्कको जमिन र माडी–९ मै रहेको गणेशकुञ्ज क्षेत्रको जमिनलाई मन्दिर निर्माणका लागि उपयुक्त ठहर गरिएको साविकको अयोध्यापुरी गाविसका अध्यक्षसमेत रहेका संयोजक पौडेलले बताए।

समितिले छनोट गरेको तीनै ठाउँको जमिन ऐलेनी हो ।

तीनै स्थान चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछन्। पौडेलले केही हप्ता अघि काठमाडौं पुगेर प्रधानमन्त्रीलाई भेटेपछि माडीबासी उत्साहित भएको भन्दै माडीमा भव्य अयोध्या मन्दिर निर्माण गर्नका लागि समिति सकृय रहने बताए।

समितिले केही दिनमै धार्मिक गुरु तथा अध्यताहरुसँग गोष्ठी गर्ने तयारी गरेको छ।

माडीमा सामान्य मन्दिर नभई भारतमा बनाउन लागिएको जस्तै भव्यमन्दिर बनाउने गरी जमिनको छनोट गरिएको पौडेलले बताए।

मन्दिरका राख्नका लागि राम, सीता, लक्ष्मण र हनुमानको भव्य मूर्ति प्रधानमन्त्रीकोतर्फबाट बन्ने जानकारी प्राप्त भइसकेको भन्दै पौडेलले सरकारले आवश्यक बजेट विनियोजन गरे केही वर्षमा मन्दिर तयार हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीलले माडीका प्रतिनिधिहरुसँगको भेटमा २०७८ सालको रामनवमीमा मूर्ति प्रतिस्थापन गर्ने गरी तयारी थाल्न भनेका थिए।

माडी नगरपालिकाका मेयर ठाकुर ढकालले भदौ ७ गते बस्ने नगरपालिकाको बोर्ड बैठकले समितिले सिफारिस गरेको तीन स्थानमध्ये एक स्थान छनोट गरेर सरकारलाई सिफारिस गर्ने बताए।

उनले समग्र माडीको विषयलाई पन्छ्याएर राम मन्दिरको सिफारिसमा मात्रै निर्णय गर्न खोजे सिफारिसपत्र सबैको अगाडी च्यातिदिने उनले बताए।

उनले थपे, ‘बरु यसबापत जेल जान परेपनि छ तयार छु।’

उनले समग्र माडीको विकाससँगै राम मन्दिर निर्माण गरिनुपर्छ भन्ने लागेको बताए।

धेरै ठाउँमा यस विषयमा कुरा उठाएपनि सुनुवाई नभएको भन्दै मेयर ढकालले यसपाली भने सरकारले केही निर्णय गर्ला कि भन्ने आशा जागेको बताए।

मेयर ढकालकाअनुसार माडीमा अहिले करिब २ हजार ८ सय घर परिवार लालपूर्जाविहीन छन्।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top