×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

एनआरएनए यूएईमा भाँडभैलो, अध्यक्ष कोइराला निलम्बनमा

६ भाद्र २०७७

योगेन्द्र योगी
६ भदौ, दोहा ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईको विवाद सतहमा आएको छ । नेपाल एशोसियसन (एनए) यूएईले एक विज्ञप्ति जारी गर्दै एनआरएन यूएईको अध्यक्ष प्रकाश कोइरालालाई एनएको बोर्ड म्यानेजर (बिओडी) बाट निलम्बन गरेको जनाएको छ ।

नेपाल एशोसियसन (एनए) यूएईका प्रेसिडेन्ट रमेश श्रेष्ठद्वारा हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा पछिल्लो समयमा संस्थामा भएका गतिविधिबारे मागिएको स्पष्टीकरणको औचित्य पुष्टि हुन नसकेको ठहर गर्दै निलम्बन गरिएको जनाइएको छ। बोर्ड बैठकको निर्णयलाई र सिडिएको स्वीकृतिलाई आधार मानी अन्य आवश्यक कारबाहीको लागि सिडिएसमक्ष माग गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ।

अध्यक्ष कोइरालाले दुबई कमिटीका पदाधिकारीहरुलाई निलम्बन गरेको, नेपाल एसोसिएसनलाई जानकारी नगराएई लेटरहेड प्रयोग गएको, सिडिए मातहतमा रहेको संस्थामा आफैंले गरेको सहमति उल्लङ्घन गरेको, एनएका बोर्ड अफ डाइरेक्टरलाई जानकारी नगराइ कानुनको उलंघन गरेको जनाईएको छ ।

त्यस्तै विज्ञप्तिमा पत्रकारलाई प्रायोजन गरी समाचार सार्वजनिक गरेको, महत्त्वपूर्ण परियोजना (आईएललो) सहयोग रकमलाई अगाडि बढाउन बिओडीलाई सल्लाह र सहकार्य नगरेको, नेपाल एशोसियसनबाट आधिकारिक कुनैपनि कार्यक्रम गर्दा सिडिएको अनुमति नलिएको समेत उल्लेख छ ।

निलम्बन गरेको जनाए संगै एनआरएन यूएईको विवाद चुलिदै गएको छ । केही हप्ता अघि बेलायत लैजाने भन्दै यूएई पुर्याएर अलपत्र परेका मध्ये मनोहर केसी र टिकाराम बोहोरालाई एनआरएनएकै केही पदाअधिकारीको अघाडी दलालबाट कुटपिट भएको बिषयलाई लिएर पिडितलाई न्याय दिलाउन पहल गर्दै आएका कोइरालालाई नेपाल एसोसिएसनले निलम्बन गरेको जनाएको हो ।

काठमाडौंस्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालिकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारीले बेलायत पठाइदिन्छु भनेर ६३ जना नेपालीसँग जनही नै लाखौं रुपैयाँ असुल गरी यूएईमा पुर्याएर अलपत्र पारेपछी पीडितहरूले उद्दारको लागि गैरआवासीय नेपाली संघ र यूएईस्थित नेपाली दूतावासमा निवेदन दर्ता दिएका थिए ।

यो घटनालाई स्थानीय प्रशासनले समेत अनुसन्धान गरिरहेको हुँदा उक्त घटनाको छानबीन किनारा नलागेसम्मको लागि एनआरएनए, दुबई क्षेत्रीय समितिका अध्यक्ष भिम मल्ल, उपाध्यक्ष निराजन खत्रीलाई र संस्थाको लेटरप्याड र छाप दुरुपयोग गरेको आरोपमा एनआरएनए, एनसिसी, यूएईका उपाध्यक्ष नरेश सेनलाई निलम्बन गरेपछि विवाद चुलिएको हो ।
यस्तै, निर्वाचन समिति संयोजक राजेश दर्शन अर्यालले गत साल सेक्टेम्बरमा २०१९–२१ कार्यकालको लागि सम्पन्न भएको एनआरएनए यूएईको निर्वाचनमा अर्यालले हिसाब किताब नबुझाई २ लाख २० हजार दिर्हाम पैसा लिएर सम्पर्कबिहिन भएको भन्दै कारबाहीको लागि दूतावासमा उजुरी दर्ता गराएपछि एनआरएनए यूएईमा भाँडभैलो मचिएको छ ।

तत्कालीन अध्यक्ष रमेश श्रेष्ठलाई पनि संघले रकम हिनामिनामा संलग्न भएको आरोप लगाउदै कारबाहीको लागि सिफारिस गरेपछि नेपाल एशोसियसन (एनए) यूएईले उल्टै एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरलालाई निलम्वन गरेको जनाएको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top