७ भदौ, वीरगन्ज ।
वीरगन्जमा कोरोना संक्रमणबाट ५६ वर्षीया महिलाको मृत्यु भएको छ । गत साउन २४ देखि वीरगन्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा उपचार गराइरहेकी वीरगन्ज महानगरपालिका–११ श्रीपुर निवासी महिलाको शनिबार बेलुका साढे सात बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
ज्वरो, खोकी, थाइरोइड, श्वासप्रश्वासको समस्या रहेकी ती महिलाको साउन २२ मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पाजिटिभ देखिएपछि उनलाई कोरोना अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको थियो ।
स्वास्थ्य अवस्था झन बिग्रिएपछि उनलाई पछिल्लो १२ घन्टा भेन्टिलेटरमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ । यो सँगै पर्सामा २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।