सुनसरीमा थप एक साता निषेधाज्ञा जारी

सुनसरीमा थप एक साता निषेधाज्ञा जारी

७ भदौ, सुनसरी । स्थानीय प्रशासनले सुनसरीमा एक साताका लागि निषेधाज्ञाको अवधि थपेको छ ।

कोरोना संक्रमण बढ्ने क्रम नरोकिएपछि प्रशासनले साउन २१ गतेदेखि सुनसरीमा निषेधाज्ञा जारी गरिरहेको छ। आइतबार प्रशासनले निषेधाज्ञाको समय बढाउँदै भदौ १४ गते राति १२ बजेसम्म कायम रहने जनाएको हो।

प्रशासनका अनुसार निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै मानिसको हिँडडुल, पसल, हाटबजार, सवारी साधनलगायत बन्द रहने छन्।

केही अत्यावश्यक सेवाका कार्यालयहरूमा स्वास्थ्य मन्त्रालयले तोकेको प्रोटोकल पालना हुने गरी थोरै कर्मचारी राखेर काम गर्न गराउन प्रशासनले निर्देशन दिएको छ।

सुनसरीमा तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। सुनसरीमा ४३३ जना कोरोना संक्रमित छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.