सुनको भाउ आज प्रतितोला पाँच सयले घट्यो

८ भदौ ७७, सोमबार

८ भदौ, काठमाडौं । सुनको भाउ आज प्रतितोला पाँच सयले घटेको छ ।

Advertisement

हिजो तोलाको ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९७ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

अमेरिकी डलरको मूल्यमा सुधार आएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको र नेपालमा पनि त्यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँ घटेर १३ सय २० रुपैयाँ तोकिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top