शशांक कोइरालाले भने–‘शेरबहादुरलाई पराजित गर्न सक्ने म मात्रै हुँ’

८ भदौ, काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेरबहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफु मात्रै भएको बताएका छन् । १४ औं महाधिवेशनमा आफु सभापतिको उम्मेदवार भए मात्रै देउवा पराजित हुने उनले बताए ।

पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दावी सभापतिमा रहने उनको भनाई छ । न्यूज एजेन्सी नेपालका संवाददातासँग कुरा गर्दै महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दावी गरे । उनले भने, ‘‘मैले धेरैसँग परामर्श गर्दै छु । उनीहरु तपाई नै उठ्नुप¥यो भन्नुहुन्छ । तर मैले धेरै साथीहरुका दावी छ भन्छु । रामचन्द्र दाई, सिटौला जी हुनुहुन्छ । प्रकाशमान छन् धेरे छन सबै उठेर त भएन नी । हाम्रो लक्ष्य के हुुनुप¥यो । हामी सबै मिलेर एक जना उठ्नुप¥यो । त्यसका लागि आपसमा वार्ता हुनुप¥यो । वर्तापछि हामी एक ठाउँमा पुग्न सकियो भने हुन्छ । व्यक्तिगत हिसाबले भन्नुहुन्छ भने शेरबहादुर जीलाई हराउने कोही व्यक्ति छ भने त्यो म नै हुँ । रामचन्द्र दाईले पनि सक्नुहुन्न । अरु जो पनि कसैले पनि सक्दैन यो ग्यारेण्टीका साथ भन्न चाहान्छु म बाहेक शेरबहादुर जी लाई हराउने व्यक्ति छैन ।’’

महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशित सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै उनले असन्तुष्टि समेत जनाए । सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको उनको भनाई छ । पार्टीभित्र जतिसुकै विरोध गर्दापनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्र्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने उनले बताए ।

Advertisement

उनले भने, ‘‘उहाँले मनोमानी गर्नुभयो । सभापतिले गरेका कामहरुको विरोध त गरिसकेका छौँ । उहाँ कुरा सुन्नुहुन्न महाधिवेशन आउँछ त्यसमा निर्णय गर्नुप¥यो । किन की अरु विकल्प छैन । पार्टीमा सबैभन्दा शक्तिशाली व्यक्ति भनेको सभापति हो तर उहाँको निर्णय गर्न सक्ने क्षमतामा प्रश्न आयो । अहिले विभाग गठन भइरहेको छ । यो ९ महिनामा विभाग गठन गरेर के गर्नुहुन्छ ? उहाँले मान्छे आकर्षित गर्नका लागि विभाग गठन गर्नुभयो भोटका लागि । भोली महाधिवेशन आउँदैछ त्यसमा आकर्षित गर्नका लागि विभाग बनाउनुभयो । विभागको संख्या दिनप्रतिदिन बढाउँदै हुनुहुन्छ । मनपरी गर्दै हुनुहुन्छ । भेटेरपनि भनेका छौँ । अहिले नबनाउनुस अहिले बनाएर के गर्न सक्नुहुन्छ । ९ महिनामा विभागले के गर्न सक्छ भनेर भन्दा पनि मान्नु भएन । आफ्ना कुरा राख्न बाहेक अरु केही गर्न सकिँदैन । भोक हड्ताल गर्ने हो भने अवस्था खतरापूर्ण आउन सक्छ । सबैभन्दा पहिले अधिवेशन गर्ने हो की होइन ? समयमा गर्ने हो भने पहिले जिल्ला अधिवेशन गर्नुप¥यो । जिल्लाका सबै एकाइको हुनुप¥यो । क्रियाशित वितरण सहि किसिमले गर्नुप¥यो । धेरे जिल्लामा समस्या छ । समस्याहरुलाई पार्टीले निर्देशन दिएर अगाडी बढ्नुप¥यो क्रियाशलि दिने त वार्डले हो । १०—१० लाख क्रियाशिल बनाउदा गाइजात्रा हुने डर छ । नसोधेर सबैलाई केन्द्रीय सदस्यमा घुसाउनु भएको छ । क्रियाशिल दिनुभएको छ । आउनेहरु क्रियाशिल हुन की होइनन भनेर पनि पुष्टि गर्नुप¥यो ।’’

महाधिवेशनका लागि पार्टीमा गुट उपगुट हुनु स्वभाविक भएपनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको उनको भनाई छ । आफु सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडी बढाउने दावी कोइरालाले गरे । उनले भने, ‘‘पार्टीलाई एक बनाउने अहिले धेरै गुट उपगुट छन् महाधिवेशनका लागि हुनु स्वभाविक हो । तर महाधिवेशन सकिने वित्तिकै पार्टीलाई एक बनाउनुप¥यो । जुन शेरबहादुर जीले सक्नु भएन । आजको मितिमा मेरो मान्छे र तेरो मान्छे भन्नुहुन्छ ।’’ तोकिएकै मिति फाुगन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगमी निर्वाचनमा पार्टीलाई सहि स्थानामा ल्याउन सकिने उहाँले बताउनुभयो । कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै उहाँले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए ।

Advertisement

अहिलेको सरकारबाट लोकतन्त्र खतरामा रहेको कोइरालाले बताउनुभयो । सरकारले पटक पटक संविधान र ऐन कानून विपरित काम गरिरहेको उनको आरोप छ । देश संघीय संरचनामा गएपछि कम्युनिष्ट सरकारले संघीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको उनले आरोप लगाए । लोकतन्त्रलाई जोगाउन भएपनि अहिले डेमोक्र्याटिक अलाइन्सका आवश्यकता रहेको पनि कोइरालाले बताए । उनले भने, ‘‘लोकतन्त्र स्थापित नहुदाँसम्म अलाइन्स गर्नुपर्छ । डेमेक्रेसी अहिलेपनि खतरामा छ । कम्युनिष्टहरु डेमेक्रेसीमा विश्वास गर्दैनन, संसदीय व्यवस्थामा उनीहरु विश्वास गर्दैनन त्यसलाई दृष्टिगत गरेर मैले अलाइन्सको कुरा गरेको हो ।’’

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

दीपक भट्ट–विष्णु पौडेल सम्बन्धको नालीबेली

bishnu poudel

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

सम्बन्धित समाचार

Scroll to Top