भूकम्पपछिको पुनर्निमाणको ५ वर्ष : ४८ सय पीडित सुरक्षित स्थानमा

८ भदौ, काठमाडौँ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले (सोमबार) देखि ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ आयोजना गरेको छ । प्राधिकरणले विगत पाँच वर्षदेखि गरेका कामको अनुभवहरु आदानप्रदान गर्न भर्चुअल माध्यमबाट ‘राष्ट्रिय परिसंवाद कार्यक्रम’ आयोजना गरेको हो ।

तीन दिन सम्म चल्ने कार्यक्रममा २०७२ सालको भूकम्पपछिको पाँच वर्षमा पुनर्निर्माण र पुनस्र्थापना कार्यबाट प्राप्त गरेका अनुभव र सिकाइहरु आदान प्रदान हुने छ । कार्यक्रमको शुभारम्भ गदैं प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पाँच वर्षमा पुनर्निर्माणका अधिकांश कामहरु सम्पन्न गरेको बताए ।

सात लाख ९० हजार भन्दा बढी निजी घरहरुको पुनर्निर्माणका लागि अनुदान सम्झौता सम्पन्न भएकोमा हाल सम्म ७६ प्रतिशत अर्थात ६ लाख भन्दा बढी घरहरु पुनर्निर्माणको अन्तिम चरणमा पुगेको बताए । उनले ८८ प्रतिशत घरहरुको दोस्रोचरणको काम सम्पन्न भएको र ९० प्रतिशत घरधनीले निर्माणका लागि सम्झौता गरिसकेको बताए । त्यस्तै ४ हजार ८ सय २९ घरहरुमध्ये अधिकांशलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताए । ७ हजार ५ सय ५३ विद्यालय मध्ये ७५ प्रतिशतको पुननिर्माण सम्पन्न भएसकेको पनि उनले बताए । त्यस्तै सामुदायिक भवन, सांस्कृतिक सम्पदाहरु, स्वास्थ्य संस्था लगायतका संरचनाहरुको पुनर्निमाण पनि सन्तोसजनक रहेको ज्ञवालीले बताए । उनले पुनर्निर्माण र पुनस्र्थापनाका क्रममा प्राप्त भएका सफलता, उपलब्धी एवं कमीकमजोरीहरुबारे परिसंवादमा समिक्षा हुने र साझा धारणा निर्माण हुने विश्वास व्यक्त गरे ।

Advertisement

प्राधिकरणले भूकम्प पछिको पुनर्निर्माण र पुनस्र्थापनामा नेपालले प्राप्त गरेको ज्ञान, सिकाई र अनुभवहरु अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउन र अभिलेखीकरण गर्ने उद्देश्यले आगामी नोभेम्बरमा काठमाडौंमा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । त्यसको तयारीका लागि भर्चुअल माध्यमबाट परिसंवाद कार्यक्रम आयोजना गरेको प्राधिकरणले बताएको छ । परिसंवादमा पुनर्निर्माण र पुनस्र्थापनाका ६ वटा विषयगत क्षेत्रहरु निजी अवास पुनर्निर्माण, सार्वजनिक एवं सामाजिक पूर्वाधार पुनर्निर्माण, सांस्कृतिक सम्पदा पुनर्निर्माण, जीविकोपार्जन, उद्दार तथा राहत एवं सुशासनबारे छलफल हुनेछ । परिसंवादमा ६० वटा शोधपत्रहरु प्रस्तुत हुनेछन् ।

कार्यक्रममा प्राधिकरणका अधिकारीहरु, विभिन्न सरकारी निकायका प्रतिनिधि, पुनर्निर्माणमा सहयोग गरेका दातृ निकाय तथा विकास साझेदार संस्थाका प्रतिनिधि, विषयगत विज्ञहरु, भूकम्प पीडित, निजी क्षेत्रका प्रतिनिधि र कार्यपत्र प्रस्तोताहरु सहभागी भएका छन् । कार्यक्रम भदौ ११ गतेसम्म चल्ने छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

सम्बन्धित समाचार

Scroll to Top