८ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ७ सय ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा ३२ हजार ६ सय ७८ जनामा संक्रमण पुष्टि भएको छ ।
कुल संक्रमितमध्ये हाल १३ हजार ७ सय १५ वटा सक्रिय केशहरु छन् ।
२४ घण्टामा १ सय ७५ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म १८ हजार ८ सय जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।