पुटिनका गम्भीर आलोचक नाभाल्नीलाई विष दिइएको तथ्य भेटियो

९ भाद्र, एजेन्सी ।
रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीको उपचार गरिरहेको जर्मनीको बर्लिन स्थित अस्पतालले उनलाई विषाक्त पदार्थ खुवाईएको बताएको छ।

बर्लिनको च्यारिते हस्पिटलले जारी गरेको वक्तव्यमा प्रमाणहरुमा उनलाई विषालु पदार्थ दिइएको देखिएको उल्लेख छ। तर रुसमा उनको उपचारमा संलग्न डाक्टरहरुले विषाक्त पदार्थ नदेखिएको बताएका थिए।

रुसको आन्तरिक उडानमा रहेका बेला नाभाल्नी गएको बिहीबार बिरामी परेका थिए। लगत्तै कोमामा गएका उनको सुरुमा रुसमै उपचार भएको थियो। तर ज्यानको जोखिम रहेको भन्दै उनलाई थप उपचारका लागि जर्मनी लगिएको हो।

Advertisement

विमानमा रहेका बेला बिरामी परेर कोमामा गएका रुसी सत्ताका आलोचक नाभाल्नीको उपचार गरिरहेका डाक्टरहरु सुरुमा उनलाई जर्मनी जान नदिने पक्षमा थिए। त्यसपछि उनीहरु नाभाल्नीलाई विमान मार्फत जर्मनी जान दिन सहमत भएका थिए।

सोही सहमति अनुरुप नाभाल्नीलाई गएको शनिबार अबेर विमान मार्फत जर्मनी लगिएको हो। त्यसअघि नाभाल्नीको साइबेरियन शहर ओम्स्कमा उपचार भएको थियो। कोमामा रहेका रुसका विपक्षी नेता एलेक्सी नाभाल्नीलाई उपचारका लागि जर्मनी लगिएको छ।

नाभाल्नीका समर्थकहरुले उनले विमानस्थलको क्याफेमा खाएको चियामा विषाक्त पदार्थ मिलाइएको र सत्ताले आफ्नो अपराध ढाकछोप गर्न चाहेको आरोप लगाउँदै आएका छन्। भ्रष्टाचार विरोधी अभियन्ता नाभाल्नी उडानको क्रममा बिरामी परेका थिए । उनी बिरामी परेपछि विमानले ओम्स्कमा आपतकालीन अवतरण गरेको थियो।

४४ वर्षका नाभाल्नी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक हुन् । गएको जुनमा राष्ट्रपति पुटिनले आफूलाई थप दुई कार्यकाल सत्तामा टिक्नका लागि मार्ग प्रशस्त गर्ने गरी संवैधानिक परिवर्तन गरेका थिए । सो बेला नाभाल्नीले त्यसलाई संविधानको उल्लंघन र कू का रुपमा परिभाषित गरेका थिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top