नेपालमा झण्डै चार महिनादेखि वायु प्रदूषणमा कमी

८ भदौ ७७, मंगलबार

९ भदौ, काठमाडौं । नेपालमा झण्डै चार महिनादेखि वायु प्रदूषण घटेको छ ।

लकडाउन सुरु भएको दुई हप्तापछि वायु प्रदूषण मापन केन्द्रहरुले हरियो सूचक देखाउन थालेकामा त्यसपछि नियमित हरियो सूचक देखाएका वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीले जानकारी दिए ।

अघिल्ला वर्षहरुमा वैशाख(जेठ महिनामा केहीदिन खडेरी पर्नासाथ प्रदूषणको मात्रा बढ्ने गरेको भए पनि यो वर्ष नबढेको उनले बताए ।

Advertisement

वर्षायाममा भने सामान्यतया हावाको प्रदूषण कम हुन्छ । तर अघिल्ला वर्षहरुमा असार साउनमा पनि केही दिन घाम लाग्दा हावाको प्रदूषण बढ्ने गरेकोमा यो वर्ष त्यस्तो नभएको उनले बताए ।

काठमाडौं उपत्यकासहितका शहरमा गाडीबाट निस्कने धुवाँ नै वायु प्रदूषणको मुख्य कारण रहेको र लकडाउनमा गाडी कम चल्दा प्रदूषण पनि घटेको वातावरण विभागका प्रवक्ता जोशीको भनाइ छ ।

Advertisement

त्यस्तै विभिन्न उद्योग पनि बन्द हुँदा उपत्यकासहित शहरहरुमा समेत हावाको गुणस्तर बसोबासका लागि उपयुक्त भएको छ ।

हावाको प्रदूषण मापन सूचक अक्वा ५० सम्म भएकोमा मानिसका लागि बस्न उपयुक्त र एक सयसम्म हुँदा बसोबास योग्य मानिन्छ । अहिले नेपालमा रहेका २१ वटा सबै मापन केन्द्रमा ५० भन्दा कम र विराटनगरमा रहेको केन्द्रमा अक्वा ८७ रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

कतार ग्यास फ्याक्ट्री विस्फोटमा १३ जनाको मृत्यु, ६६ घाइते

Screenshot 2026-06-23 143908

नेपालकै नम्बर–१ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बनेको अल्टिमा लाइफस्टाइलको दाबी

Screenshot 2026-06-23 135710

बालेन सरकारको गर्जनः भ्रष्टाचारका तीन ठूला काण्ड खुले

balen rabi sudan

पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई पनि पक्राउको तयारी ?

JanardanSharma_20220309143901

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

सम्बन्धित समाचार

Scroll to Top