९ भदौ, बारा।
बारामा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर–४ मल्हनीटोल बस्ने ५९ वर्षीय पुरुष तथा विश्रामपुर गाउँपालिका वडा नम्बर–५ औरयाटोलका ७२ वर्षीय अर्को पुरुषको मृत्यु भएको हो ।
पीसीआर रिपोर्ट पोजिटिभ आएपछि उनीहरूलाई पर्साको नारायणी अस्पतालको अस्थायी कोभिड गण्डक अस्पताल लगिएकोमा उपचारका क्रममा मङ्गलबार बिहान ६ बजे र अर्काको ११ बजे मृत्यु भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।
मृत्यु भएका व्यक्तिहरू लामो समयदेखि विभिन्न रोगले ग्रस्त रहेकाले पहिल्यैदेखि विभिन्न अस्पतालहरूमा उपचार गराउँदै आएको बताइएको छ । योसँगै बारामा कोरोनाका कारणले १३ जनाको मृत्यु भइसकेको छ ।