×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

ओमानमा बन्ने भयो नेपाली दूतावासको आफ्नै भवन

१० भाद्र २०७७

योगेन्द्र योगी
१० भदौ, दोहा ।
नेपाली दूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ। ओमानको परराष्ट्र मन्त्रालयमा एक कार्यक्रम आयोजना गरि उक्त सम्झौतामा हस्ताक्षर भएको हो । नेपाली दूतावास भएको देशहरूमा आफ्नै भवन बनाउने नेपाल सरकारको नीति बमोजिम मस्कटमा दूतावासको आफ्नै भवन बनाउनका लागि जग्गा प्राप्तिको पहिलो काम सम्पन्न भएको त्यहाँस्थित दूतावासले जनाएको छ ।

ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव (प्रशासन तथा लेखा) मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपाल सरकारको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालज्यूले उक्त सम्झौतामा हस्ताक्षर गरेकी हुन् ।

उक्त सम्झौता अनुरूप ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ भने उक्त अवधि पश्चात् आपसी सहमतिमा सम्झौताको अवधि बढाइनेछ।

हस्ताक्षर कार्यक्रमपश्चात् भएको भेटमा मोहम्मद विन नासिरले नेपाल लगायत सम्पूर्ण मुलुकहरूसँग ओमानले प्रगाढ सम्बन्ध राख्ने परराष्ट्र नीति रहेको बताउँदै नेपालसँगको सम्बन्धको विशेष महत्व रहेको बताए ।

उनले जग्गा प्राप्ति सम्बन्धी सम्झौतामा नेपालसँग हस्ताक्षर भएकोमा राजदूतलाई बधाई दिंदै आगामी दिनमा समेत यस्तो सहकार्यका लागि ओमान सरकारको तर्फबाट प्रतिबद्धता जनाए ।

भेटमा नेपाल–ओमानबीच द्विपक्षीय व्यपार, लगानी, पर्यटन लगायतका क्षेत्रमा समेत आगामी दिनमा सहकार्य बढाउँदै लानु पर्ने धारणा व्यक्त गरेको दूतावासले जनाएको छ ।

खाडी क्षेत्रमा ओमानको आफ्नै छुट्टै पहिचान र अस्तित्व रहँदै आएको छ। क्षेत्रीय शान्ति र विकासमा ओमानको भूमिकाको विश्वले सराहना गर्दै आइरहेको छ। समग्र खाडी क्षेत्रमै ओमानको उपस्थिति एक शान्तिप्रेमी राष्ट्रको रूपमा रहेको छ।

ओमानको खाडी र हर्मुज स्ट्रेटजस्तो रणनीतिक तथा व्यपारिक मार्गसँग प्रत्यक्ष सरोकार राख्ने ओमानको भविष्यगत रणनीति र दीर्घकालीन योजनाले पनि यस राज्यसँगको दीर्घकालिन् सुमधुर सम्बन्ध स्थापित गर्नु नेपालका लागि सामरिक तथा रणनीतिक हिसाबले पनि महत्वपूर्ण हुने देखिन्छ।

दूतावासको आफ्नै भवन हुनुले पनि ओमान लगायत समग्र खाडी क्षेत्रमा नेपालको दीर्घकालीन सम्बन्ध राख्न चाहेको सकारात्मक सन्देश जाने देखिन्छ। यसले खाडी क्षेत्रमा रहेका करीब १५ लाख हाम्रा नेपालीहरूको सुरक्षा तथा स्थायीत्वमा योगदान दिनेछ।

यो सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास हुने दिशामा नेपाली दूतावास ओमान अघि बढ्नेछ । त्यसैगरी आफ्नै भवन हुँदा दूतावासको बर्षेनी घर भाडामा हुने खर्चमा व्यापक कटौती भई दिर्घकालिन् रूपमा मुलुकलाई आर्थिक रूपमा समेत बोझ कम हुने छ।

उक्त भवनबाट नेपाली उत्पादनहरूको प्रदर्शनीलाई स्थायी तथा बृहत बनाई व्यपार तथा पर्यटन प्रबद्र्बनमा समेत थप योगदान र्पुयाउने दूतावासको योजना रहेको छ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top