×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैंडाको संख्यामा वृद्धि

१० भाद्र २०७७

१० भदाै, कञ्चनपुर ।

दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिङ्गे गैंडाको सङ्ख्या कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बढेको छ । स्थानान्तरण गरेर ल्याइएका नौ वटा एकसिङ्गे गैंडाको सङ्ख्या बढेर १७ पुगेको छ । गैंडाको बासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि गैंडाको सङ्ख्या बढ्न थालेको हो । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैंडा शुक्लाफाँटामा ल्याइएको थियो । त्यसपछि सन् २०१७ मा पाँचवटा गैंडा निकुञ्जमा ल्याइएको थियो । हाल निकुञ्जमा १० वटा भाले, पाँचवटा पोथी र दुई वटा केटाकेटी संरक्षित रहेका छन् ।

स्थानान्तरण भएको दुई दशकपछि गैंडाको सङ्ख्या सन्तोषजनक रुपमा वृद्धि हुँदै गएको निकुञ्जका मुख्य संरक्षण अधिकृत लक्ष्मण पौडयालले बताए । “गैंडालाई चौबिसै घण्टा निगरानीमा राखेर सुरक्षा दिएका छौंँ”, उनले भने, “जोखिमयुक्त क्षेत्रमा क्यामेरा जडान गरी गैंडाको निगरानी राख्ने कार्य भैरहेको छ ।”

गैंडा शाकाहारी प्राणी भएकाले आहाराको कमी हुन नदिनका लागि घाँसे मैदान व्यवस्थापनसँगै गैंडाले क्रिडा गर्ने तालतलैया क्षेत्र व्यवस्थापनको कार्यमा जोड दिइएको उनले बताए । गैंडाको मुख्य बासस्थानका रुपमा महाकाली नदीतटीय क्षेत्र, चौधर नदीतटीय क्षेत्र, घाँसे मैदान, रानी ताल, सलगौडी ताललगायत रहेका छन ।

“निकुञ्जका कर्मचारीसँंगै नेपाली सेनाले चौबिसै घण्टा गैंडालगायतका दुर्लभ वन्यजन्तुको सुरक्षाका लागि चनाखो भएर कार्य गर्दै आएकाले हालसम्म चोरी शिकारीका घटना हुन पाएका छैनन्”, अधिकृत पौडयालले भने, “संरक्षणका हिसाबले गैंडाको सङ्ख्यामा बृद्धि हुनुलाई सुधारन्मुख भन्न सकिन्छ ।” निकुञ्जमा पर्याप्त ताल र सिमसार क्षेत्र भएकाले गैंडाका लागि राम्रो बासस्थान रहेको छ । एकसिँगे गैंडा नेपाल र भारतमा मात्रै पाइने गरेको छ ।

यो गैंडाको प्रजाति लापोन्मुख अवस्थामा रहेको छ । एकसिँगे गैडाको सिँग २० दशमलव ५ सेन्टिमिटर देखि १०० सेन्टिमिटर लामो हुने गरेको छ । बाह्य आक्रमणबाट जोगिनका लागि गैंडाको सुरक्षा कवचका रुपमा मोटो छाला रहेको हुन्छ । एकसिँगे गैंडाको तौल दुई हजार किलो बढी हुन्छ । गैंडाको गर्भाधारणको समयावधि १६ देखि १८ महिनाको हुने गर्दछ । औषतमा गैंडा ४० देखि ५० बर्ष सम्म बाँचेको पाइएको छ । गैंडाले प्रतिघण्टा ५५ किलोमिटरका दरले दर्गुन सक्दछ ।

गैंडा चोरी शिकारी

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सन् २०१६ मा गैंडाको चोरी सिकारी गरी खागसहित बेलडाँडीका नत्थु राना पक्राउ परेका थिए । निकुञ्जकै गैंडाको चोरी शिकारी गरी खाग झिकेको आरोपमा रानालाई १३ वर्षको जेल सजाय भएको थियो ।

सन् २०१४ मा निकुञ्जबाट भारतको टाटरगञ्ज पुगेको भाले गैंडाको अर्को भाले गैंडासँग जुध्दा मृत्यु भएको थियो । सन् २०१८ मा गैडाको आक्रमणबाट निकुञ्ज छिरेका चार जना घाइते भएका थिए । गैंडाको आक्रमणमा परेर मृत्यु भएको रेकर्ड भने निकुञ्ज कार्यालयसँग रहेको छैन । रासस
­­­

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top