×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026

विश्व कुटनीतिमा ट्रम्पका नीतिहरु सकारात्मक : विदेश मन्त्री पोम्पेओ

१० भाद्र २०७७

१० भदाै, वासिङ्टन।

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरुले विश्वका सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको बताएका छन्। रिपब्लीकन पार्टीको सम्मेलनमा इजरायलबाट भिडियो मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विदेश मन्त्री पोम्पेओले अमेरिका पहिलो भन्ने नीतिलाई राष्ट्रपति ट्रम्पले कार्यरुपमा परिणत गरेकाे बताए।

उनले भने, “उहाँका यी नीतिले सबै देशलाई खुशी पार्न नसकेको होला तर अमेरिकी नीति सफल छन् । राष्ट्रपति ट्रम्पका साहसिक प्रयासले विश्वका सबै भागमा प्रभाव पारेका छन् ।”

विदेश मन्त्री पोम्पेओले चिनियाँ कम्युनिष्ट पार्टीको हस्तक्षेपकारी नीतिलाई नियन्त्रणमा राख्न राष्ट्रपति ट्रम्पले दबाब सिर्जना गर्नु भएको बताउँदै झण्डै आठ लाख मानिसको मृत्यु हुनेगरी फैलिएको कोरोनाभाइरसका लागि चीनलाई जिम्मेवार ठहर्याएको बताए ।

राष्ट्रपति ट्रम्पले चीनसँग भएका असन्तुलित व्यापार सम्झौता खारेज गर्नु भएको, विदेशतर्फ स्थानान्तरित भइरहेको रोजगारी अमेरिकामा फिर्ता हुन थालेको तथा अमेरिकाविरोधी गुप्तचर अभियानलाई बन्द गराउन कुटनीतिक पहल गरिएको पनि विदेश मन्त्री पोम्पेओले बताए।

पोम्पेओले उत्तर कोरियाली नेतासँग वार्ताको वातावरण बनाउन राष्ट्रपति ट्रम्प सफल हुनुभएको बताउँदै भने, “उत्तर कोरियामा पछिल्ला वर्षहरुमा कुनै आणविक परीक्षण भएनन्, लामो दूरीका क्षेप्यास्त्र परीक्षण भएनन् र उत्तर कोरियामा बन्दी जीवन बिताइरहेका अमेरिकीहरु आफ्ना घर फर्किन पाएका छन् ।”

पोम्पेओले राष्ट्रपति ट्रम्पकै कारण तेल अभिभमा रहेको अमेरिकी राजदूतावास मे २०१८ मा जेरुसेलम स्थानान्तरित गरिएको जानकारी दिए । यहूदी नागरिकका लागि जेरुसेलम वास्तविक राजधानी रहेको पनि उनले बताए ।

सामान्यतया, अमेरिकी विदेश मन्त्रीले पार्टीको सम्मेलनलाई सम्बोधन नगर्ने विगतको परम्परा तोड्दै विदेश मन्त्री पोम्पेओले राष्ट्रपतिका विदेश नीतिको बचाउ गरेका थिए ।

रिपब्लीकन पार्टीको गत सोमबारदेखि शुरु भएको सम्मेलनले राष्ट्रपति ट्रम्पलाई आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि औपचारिक रुपमा मनोनयन गर्दैछ ।रासस / एएनआई

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top