११ भाद्र, काठमाडौं ।
ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
अस्पतालका निर्देशक डाक्टर रवी शाक्यका अनुसार उनको गएराति कोभिड वार्डमा निधन भएको र स्वाब संकलन गरेर परीक्षण गर्दा आज विहान रिर्पोट पोजेटिभ आएको छ। स्वास्थ्यमा समस्या आएपछि गत भदौ ९ गतेदेखि उनलाई आइसियुमा राखेर उपचार गरिँदै आइएको थियो।
मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।