योगेन्द्र योगी
१२ भदौ, दोहा ।
कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले साउदीबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरण मार्फत ४१७ जना नेपाली स्वदेश फर्किए छन् ।
साउदीको दमामबाट हिमालय एयरलाइन्सको उडानमा ६ महिलासहित १५४ जना र रियादबाट नेपाल एयरलाइन्सको उडानमार्फत २६३ जना नेपाली स्वदेश फर्किएको एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले जानकारी दिएका छन् ।
स्वदेश फर्कन लागेहरुको यात्रा सहजिकरणका तथा बिदाईका लागि नेपाली दूतावास लगायत नेपाली समुदायका प्रतिनिधिहरु विमानस्थल पुगेका थिए ।