कोरोनाभाइरस जर्मनीः प्रतिबन्धविरुद्ध हजारौँ मानिस प्रदर्शनमा, कैयौँ गिरफ्तार

१४ भाद्र, एजेन्सी ।
कोरोनाभाइरस महामारीका कारण लगाइएको प्रतिबन्धविरुद्ध जर्मनीको राजधानी बर्लिनमा प्रदर्शनमा उत्रिएका ३०० जनालाई प्रहरीले गिरफ्तार गरेको छ।

सडकमा करिब ३८,००० मानिस उत्रिएका थिए र प्रदर्शन सामान्यतया शान्तिपूर्ण रह्यो। जर्मनीमा जस्तै यूके, स्वीट्जरल्याण्ड, अस्ट्रिया र फ्रान्समा पनि कोरोनाभाइरस महामारी नियन्त्रणका निम्ति लगाइएका प्रतिबन्धहरूको विरोधमा प्रदर्शनहरू भएका छन्।

बर्लिनको एउटा प्रदर्शनबाट करिब २०० जनालाई पक्राउ गरिएको छ। अधिकारीहरूले दक्षिणपन्थी प्रदर्शनकारीहरूले ढुङ्गा र बोतल प्रहार गरेको आरोप लगाए। उक्त समूहलाई सुरक्षा नियमहरूको अवज्ञा गरेको भन्दै प्रहरीले तितरबितर हुन निर्देशन दिएको थियो।

Advertisement

तर नमानेर उल्टै आक्रमणमा उत्रिएपछि गिरफ्तार गरिएको अधिकारीहरूले जनाएका छन्। बर्लिन प्रहरीले सबै उपाय अपनाउँदा अपनाउँदै पनि तिनले काम नगरेपछि गिरफ्तार गर्नुको विकल्प नरहेको ट्विटरमार्फत् जनाएको छ। सो क्रममा सातजना प्रहरी अधिकारीहरू घाइते भएका बताइएको छ।

मानिसहरू विभिन्न स्थानहरूमा सँगसँगै बसेका थिए। अर्को स्थानमा करिब ३०,००० मानिसहरू भेला भएका थिए। उक्त प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। प्रदर्शनकारीहरू लगाइएका प्रतिबन्धहरूले जर्मनीको संविधानमा सुनिश्चित गरिएका आधारभूत अधिकार र स्वतन्त्रताको उल्लङ्घन गरेको ठान्छन् र ती फिर्ता लिइयोस् भन्ने चाहन्छन्।

प्रतिबन्ध के हुन् ?

जर्मनी कोरोनाभाइरस रोकथाम, उपचार, पहिचान र नियन्त्रणका उपायहरू निकै प्रभावकारी रूपमा लागु गर्ने देशहरूमध्ये पर्छ।

जर्मनी त्यो भाइरस सङ्क्रमणबाट हुने मृत्युदर न्यून भएका देशहरूमध्ये पनि एक हो। त्यहाँ ‌एप्रिल महिनामा भौतिक दूरीको नियम खुकुलो बनाइएको थियो। तर सङ्क्रमणको पथ पहिचान गर्ने काम जारी राखेको थियो। जुन अगस्ट महिनामा बढेको देखिन्छ।

त्यहाँकी चान्सलर एङ्गेला मेर्कल र १६ वटा राज्यले अनिवार्य गरिएका स्थानमा मास्क नलगाउनेलाई कम्तीमा ५९ डलर जरिबाना गर्ने नियम बिहीवार जारी गरेका छन् ।
सार्वजनिक कार्यक्रमहरू माथिको प्रतिबन्ध पनि आउँदो वर्षसम्मको निम्ति बढाइएको छ।

मेर्कलले जाडो याममा सङ्क्रमणको चुनौती बढ्नसक्ने बताएकी छन्। जर्मनीमा अन्य युरोपेली राष्ट्रहरूभन्दा कम दुई लाख ४२ हजार सङ्क्रमित भएका छन् र ९,२९७ जनाको मृत्यु भएको छ।(बीबीसी)

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top