×

NEPAL TIMES UPDATES

Playing
सवारी इन्धनका नाममा ब्रम्हलुट,खरानी भएका गाडीका नाममा इन्धन लिए|| Nepal Times
Apr 28, 2026
Playing
काँधमा दिदीको कंकाल बोकेर बैंक पुगे भाइ, ओडिशामा बबाल || Nepal Times
Apr 28, 2026
Playing
१४ जिल्लामा घरदैलोमै राहदानी र लाइसेन्स वितरण सुरु|| Nepal Times
Apr 28, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-15-2083 || Nepal Times
Apr 28, 2026
Playing
ओलीको ड्रिम प्रोजेक्ट बालेनले पूरा गर्नुपर्ने,दैलेखको ग्यास उत्खनन कहाँ रोकियो ?|| Nepal Times
Apr 28, 2026
Playing
होर्मुज संकटले बदल्दैछ एशियाको समीकरण, पुटिनको प्रभाव बढ्दो, ट्रम्प के गर्लान् ? || Nepal Times
Apr 28, 2026
Playing
बालेनको अध्यादेशमा एमाले–कांग्रेसको आपत्ति, अनुकूलको प्रधानन्यायाधीश नियुक्त गर्ने शंका Nepal Times
Apr 28, 2026
Playing
नाम दर्ता गर्ने सुकुम्बासी परिवार एक हजार नाघे || Nepal Times
Apr 28, 2026
Playing
Balenलाई भारत भ्रमण गराउन किन लालायित छन् Modi ? || Nepal Times
Apr 28, 2026
Playing
ओली र प्रचण्डकै नियतिमा बालेनः संवैधानिक परिषद्मा अल्पमतमा || Nepal Times
Apr 28, 2026

कोरोना संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु

१४ भाद्र २०७७

१४ भाद्र, काठमाडौं ।
कोभिड–१९ संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको मृत्यु भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म विदेशमा मात्र १६ देशमा १९५ जना नेपालीहरुको मृत्यु भएको हो । समितिका अनुसार यो साता बेलायतमा १ जना र युएईमा २ जनाको ज्यान गएको हो ।

Advertisement
Advertisement

स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार साउथ अफ्रिका, पोर्चुगल, स्पेन, कतार साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अष्ट्रेलिया र युरोपका केही देशमा कोभिड–१९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भएपछि नेपाली समुदायमा संक्रमण सामान्य रुपमा बढेको हो ।

हालसम्म विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसका कारण नेपालसहित बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथ अफ्रिका लगायत १७ देशमा रहेका नेपालीहरुको ज्यान गएको हो ।

हाल सम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ७ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ५ सय ११ जना कोरोना संक्रमणबाट मुक्त भएको स्वास्थ्य समितिले जनाएको छ । यस्तै नेपालमा मात्र ३७ हजार ३ सय ४० जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ती मध्ये २० हजार ५ सय ५५ जना कोरोना मुक्त भएका छन् ।

यो कुल संक्रमित मध्येको ५५ प्रतिशत हो । शनिबार साँझसम्म नेपालमा २ सय १५ जनाको कोरोनाका कारण ज्यान गएको छ । योसँगै नेपालसहित विश्वभर कोरोना संक्रमणका कारण हाल सम्म ४ सय १० जनाको मृत्यु भएको स्वास्थ्य समितिले जनाएको छ ।

संक्रमणको जोखिम कम नभएकोले सावधानी अपनाउन आग्रह

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम नभइसकेकोले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ ।

समितिका संयोजक डा सापकोटाले सार्वजनिक स्थल मात्रै नभई बन्द कोठामा गरिने भेला र जमघटले पनि संक्रमण बढाउने भएकाले त्यस्ता खाले कार्यक्रम कम गर्न र गर्नै पर्ने भए सिमित संख्या र सामाजिक दुरी कायम गर्न आग्रह गरे ।

डा. सापकोटाले कोरोना संक्रमणका क्रममा मनोबल उच्च राख्न समेत आग्रह गरेका छन् । कोरोना संक्रमणको बढ्दो जोखिमले सर्वसाधरणमा एक प्रकारको मनोवैज्ञानिक त्रास उत्पन्न गरेको भन्दै उनले उच्च मनोबल कायम गरेर सर्तकता अपनाउनु आग्रह गरेका हुन् ।

आफुलाई पहिलो प्राथमिकतामा राखेर सर्तकता अपनाउनुपर्ने डा. सापकोटाको भनाई छ । मानसिक तनावबाट सकेसम्म मुक्त हुन एक्लो नबस्न, साथीभाइसँग कुराकानी गर्न, गीतसंगित सुन्न र योग तथा ध्यान गर्न समेत डा. सापकोटाले अनुरोध गरे ।

कोभिड–१९ विरुद्ध भ्याक्सिन आगामी वर्षको पहिलो महिना (जनवरी) भित्र सर्वसाधारणको लागि उपलव्ध हुने अपेक्षा गरिएको बताउँदै उनले सचेत र सावधान रही अघि बढ्न आग्रह गरे । कोरोना भाइरस विरुद्धको खोप जापान, अमेरिका, रुस, बेलायत, चीन, स्वीट्जरल्याण्ड लगायतका देशमा तीव्र गतिमा उत्पादन र परिक्षणको प्रक्रिया अघि बढेको छ ।

५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार

Advertisement

विदेशमा अलपत्र परेका ५३ हजार ६ सय ९९ जना नेपालीको उद्धार भएको छ । गैरआवासीय आवासीय नेपाली संघ, नेपाल सरकार, विदेशस्थित कूटनीतिक नियोग एवं दूतावासको सहकार्यमा उनीहरुको उद्धार गरिएको हो ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top