सरकारी तलब माग गर्दै सिभिल अस्पतालका कर्मचारी आन्दोलनमा

१४ भदौ, काठमाडौँ ।
निजामती कर्मचारी (सिभिल) अस्पतालका कर्मचारीहरुले सरकारी कर्मचारी सरह तलव सुविधा माग गर्दै आन्दोलन शुरु गरेका छन् । अस्पतालमा कार्यरत कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोके अनुसार नभएको भन्दै आइतबार देखि आन्दोलन शुरु गरेको हो । कर्मचारीहरुले विभिन्न माग लेखिएका ब्यानरहरु सहित अस्पताल अगाडि उभिएर आन्दोलन गरेका हुन् ।

Advertisement

यस्तै माग पुरा नहुँदा सम्म हातमा कालोपट्टि लगाएर काम गरिने कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताए । उनले नेपाल सरकारले तोकेको न्यूनतम सेवा सुविधा कायम गर्नुपर्ने, कर्मचारीको सेवा सुविधामा एकरुपता कायम गर्नुपर्ने, विनियमावली लागू गर्नुपर्ने, लोकसेवा आयोगको उपस्थितिमा सञ्चालित परीक्षाबाट सिफारिस भएका करार कर्मचारीलाई स्थायी गर्नुपर्ने, अस्पतालको बेथिति तथा आर्थिक चुहावटको अन्त्य र दैनिक ज्यालादारीलाई उचित व्यवस्थापन गर्नुपर्ने लगायतका माग राखिएको बताए । यस्तै अस्पतालको विकास समिति बोर्डमा कर्मचारी संघको प्रतिनिधि हुनुपर्ने, अस्पतालमा कार्यरत कर्मचारी र तीनका परिवारको उपचारमा शतप्रतिशत छुट हुनुपर्ने, सुत्केरी विदा अघिपछि गरी ९८ दिन हुनुपर्ने र सुत्केरी स्याहार विदा १५ दिन दिनुपर्ने, अस्पतालमा सञ्चालित अतिरिक्त स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउनुपर्ने लगायतका माग समेत कर्मचारीहरुले राखेका छन् ।

Advertisement

 

Advertisement

आन्दोलनमा नर्स, ल्याबमा काम गर्ने कर्मचारी, अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । उनीहरु ‘काम नगर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न कसले रोक्यो ?’, ‘सरकारी संस्थामा काम गर्ने कर्मचारीलाई सरकारले तोेकेको न्यूनतम तलब दिन के ले रोक्यो ?’, ‘गल्ती गर्ने कर्मचारीलाई संरक्षण किन र कहिले सम्म ?’, ‘कर्मचारीलाई ज्यालादारीमा कहिले सम्म काममा लगाउने ?’, ‘मेरो कार्य मूल्याङ्कन कहिले ?’, ‘१२ वर्षदेखि एउटै तह, स्तरउन्नती कहिले हुन्छ ?’ लेखिएका ब्यानरहरु लिएर आफ्ना मागहरु पुरा गराउन अस्पताल अगाडि उभिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top