घरभाडा तिर्न नसकेर विस्थापित हुँदै ठमेलका व्यवसायी

१३ भदौ ७७, आइतबार

१४ भदौ, काठमाडौँ ।
कोभिड–१९ महामारीका कारण व्यापार व्यवसाय ठप्प भएपछि ठमेल क्षेत्रका व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका छन् । पर्यटनमा निर्भर रहेको ठमेल लकडाउन र निषेधाज्ञाका कारण पूर्ण रुपमा बन्द हुँदा व्यापार व्यवसाय पनि ठप्प छ । जसका कारण घरभाडा तिर्न समेत समस्या भएकोले विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीहरुले बताएका छन् ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भवि शर्माले गत चैत यता व्यवसाय पूर्ण रुपमा बन्द भएपछि अहिले व्यवसायीहरुलाई घरभाडा तिर्न गाह्रो भएको बताए । अन्य क्षेत्रमा भन्दा ठमेल क्षेत्रमा घरभाडा महँगो भएको र लामो समय व्यापार ठप्प भएपछि अहिले घरभाडा बुझाउन, कर्मचारीलाई तलब दिन समस्या भएको बताए । उनले ठमेल पर्यटन विकास परिषद्को पहलमा केही घरबेटीले घरभाडा छुट दिएपनि लामो समयसम्म व्यापार व्यवसाय बन्द हुँदा समस्या आएको बताए । ठमेल भित्र रहेका अधिकांश घरभेटीले ३० देखि ७० प्रतिशत सम्म घरभाडा छुट दिएपनि केही घरबेटीले घरभाडा समायोजन नगरिदिदा त्यस्ता व्यवसायीहरु विस्थापित भइसकेको बताए । उपत्यकामा फेरी निषेधाज्ञा जारी भएपछि भने अभैm लामो समय व्यापार व्यवसाय ठप्प हुने देखिएकोले घरभाडा छुट पाएका व्यवसायीहरु पनि भाडा तिर्न नसकेर विस्थापित हुनुपर्ने अवस्थामा पुगेको शर्माले बताए ।

काठमाडौंमा अन्य क्षेत्रको तुलनामा ठमेलको घरभाडा महँगो छ । त्यसैपनि ठमेल क्षेत्र पूर्ण रुपमा पर्यटकमा निर्भर रहेको क्षेत्र हो । अहिले अन्तर्राष्ट्रिय उठान बन्द भएका कारण पर्यटकहरु आउने अवस्था पनि छैन् । पर्यटक नआउँदा सम्म ठमेलको व्यापार शुन्य नै हुन्छ । नेपालमा आएका ८० प्रतिशत पर्यटक ठमेल पुग्छन र ठमेलमा घुम्ने, सपिङ गर्ने, खाने, बस्ने गर्छन । त्यसैले ठमेलको व्यापार पूर्णरुपमा पर्यटनमा आधारित छ । सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि ठमेलमा व्यवसाय गर्दै आएका व्यवसायीहरुले लगानी पनि बढाएका थिए । उपाध्यक्ष शर्माले घरजग्गा विक्री गरेर अथवा बैंक ऋण गरेर लगानी गरेका व्यवसायीहरु यतिवेला सबैभन्दा बढी समस्यामा रहेको बताए । सरकारले पर्यटन व्यवसायीहरुलाई पुनरकर्जा उपलब्ध गराउने भनेपनि त्यसको कार्यान्वयन छिट्टै नहुँदा व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगिसकेको बताए । त्यस्तै अझै एक वर्ष यस्तै अवस्था रहे बैंकबाट ऋण लिएर व्यापार गरेका व्यवसायीहरुलाई बैंक ऋण तिर्नसक्ने क्षमता पनि नरहने उनले बताए । यस्तो समस्या आउन नदिन सरकारले बेलैमा व्यवसायीलाई सहजवातावरण निर्माण गरिदिनुपर्नेपनि उनले बताए ।

ठमेल क्षेत्रमा सानाठूला गरेर १० हजार भन्दा बढी व्यवसायीहरु रहेका छन् । व्यवसायीहरुले भाडाबापत मासिक ३० करोड रुपैयाँ भन्दा बढी बुझाउने गरेको ठमेल पर्यटन विकास परिषद्को तथ्याङ्कले देखाउँछ । ठमेलमा खासगरी कार्गो, ट्राभल तथा ट्रेकिङ, हस्तकलन, रेस्टुरेन्ट, पर्यटकीय स्तरका होटल, तारे होटल लगायतका व्यवसायहरु रहेका छन् ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top