×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

जापानको नयाँ प्रधानमन्त्रीका लागि मुख्य सचिव आकाङ्क्षी

१४ भाद्र २०७७

१४ भदाै, टोकियो।
जापानको नयाँ प्रधानमन्त्रीका लागि मन्त्रीपरिषद्का मुख्य सचिव योशिहिड सुगाले पनि आकाङ्क्षा देखाएका छन् । तत्कालिन प्रधानमन्त्री सिन्जे आवेले अस्वस्थताको कारण देखाउँदै प्रधानमन्त्री पदबाट गत शुक्रबार राजीनामा दिएकाले जापानमा अहिले प्रधानमन्त्री पद खाली रहेको छ ।
आकाङ्क्षी सुगा सरकारको प्रमुख प्रवक्ता समेत छन्। उनलाई पार्टीकै कतिपय बरिष्ठ नेताहरुले प्रधानमन्त्री बन्न उपयुक्त पात्रको रुपमा अगाडि सारेका छन् । उनीहरुले कोरोनाभाइरसले सृजना गरेको महामारीको सामना गर्ने, सवैसँग समन्वय र सहकार्य गर्नेलगायतका सरकार संचालनका लागि आवश्यक क्षमता उहाँसँग भएको दावी पनि गरेका छन् ।

सत्तारुढ दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी)का वरिष्ठ सांसदहरुले नयाँ प्रधानमन्त्री चयनका लागि आउदो सेप्टेम्बर १५ तारिखको वरीपरी निर्वाचन हुनसक्ने बताएका छन् । प्रधानमन्त्री छनोटको निर्वाचनमा एलडीपीकै नेताद्वय पूर्व परराष्ट्र मन्त्री फुमिओ किशिदा र पूर्व रक्षा मन्त्री शिगेरु आइशीबा पनि सहभागी हुने संकेत गर्नुभएको जनाइएको छ ।

Advertisement
Advertisement

मुख्य सचिव सुगाले सन् २०१२ देखि नै तत्कालिन प्रधानमन्त्री आवे शक्तिमा आएसँगै सरकारको मुख्य प्रवक्ताको रुपमा काम गर्दै आएका छन्। उनलाई आवेको अति विश्वासपात्र भएकाले र क्षमतावान् पनि भएकाले प्रधानमन्त्री हुने सवैभन्दा बढी सम्भावना भएको उम्मेदवारको रुपमा हेरिएको छ । आवेको चाहना र समर्थन पनि उनलाई नै हुनसक्ने धेरैले अनुमान गरेका छन् ।

निर्वतमान प्रधानमन्त्री आवेले आफू अस्वस्थ्य हुँदा हुँदै पदमा बसिरहनु उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताएका थिए। आफ्नो स्वास्थ्य समस्या देशको समस्या बन्न नहुने र देश विकासको गतिमा बाधक बन्न नहुने उनको भनाइ छ ।

उहाँको कार्यकाल आगामी सन् २०२१ को सेप्टेम्बरसम्म भएपनि उहाँले अहिले नै राजीनामा दिनु भएको हो । सन् २०१२ देखि लगातार शक्तिमा रहनुभएका आवे यस अघि नै जापानमा सवैभन्दा लामो समय प्रधानमन्त्री भएको नेताका रूपमा इतिहास रच्न सफल बनेका छन् । उनले यसअघि सन् २००७ मा पनि स्वास्थ्य समस्याकै कारणले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । तर पछि स्वास्थ्यमा सुधार भएपछि फेरि निर्वाचित भएका थिए ।

Advertisement

पछिल्लो दुई हप्तामा उनी दुई पटक अस्पताल गएका छन् । उनी अर्को महिनादेखि ६६ बर्ष लाग्दैछन्। उनलाई आन्द्रामा समस्या रहेको र पछिल्लो समयमा समस्या झन् झन् बढ्दै गइरहेको चिकित्सकहरुले बताएका छन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top