×

NEPAL TIMES UPDATES

Playing
महेश पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा|| Nepal Times
Apr 27, 2026
Playing
के टियुको १० हजार क्षमताको प्यारापिटमा डोजर चल्ने हो ? || Nepal Times
Apr 27, 2026
Playing
सुकुम्बासी राजनीतिमा बालेनको ‘ब्रेक थ्रु’, बाबुरामले किन चित्त दुखाए ?|| Nepal Times
Apr 27, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-14-2083 || Nepal Times
Apr 27, 2026
Playing
व्यवसायीलाई कारबाही गर्दा साँच्चै शिथिल हुन्छ अर्थतन्त्र ? || Nepal Times
Apr 27, 2026
Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026

मङ्गलबारबाट नियमित अन्तर्राष्ट्रिय उडान सुचारू हुने, तयारी पूरा

१४ भाद्र २०७७

१४ भदाै, काठमाडौँ ।

अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउने थियो । अहिले परिस्थिति अनुकूल छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभावले नेपालको अन्य क्षेत्रजस्तै सबैभन्दा प्रभावित हवाई क्षेत्र हो । जहाँ पाँच महिनादेखि व्यवसायिक उडान भएका छैनन् । अन्तरराष्ट्रिय मात्र नभई आन्तरिक उडान पनि ठप्प छ ।

Advertisement
Advertisement

कोभिड–१९ नियन्त्रणका लागि लागू गरिएको बन्दाबन्दी र पछिल्लो पटकको निषेधाज्ञाले ठिक पाँच महिना व्यवसायिक उडान भएनन् । गत चैत ११ देखि साउन ६ सम्म बन्दाबन्दी र त्यसपछि साउनको अन्तिम सातादेखि भदौँ १७ सम्म निषेधाज्ञा थपिएको छ । राजधानी काठमाडौँसहित देशभर कोरोनाका सङ्क्रमित बढेपछि सरकारले निषेज्ञाज्ञा जारी गरेको हो । यस बीचमा विदेशमा अलपत्र नेपालीको उद्धार र कार्गोका लागि सीमित उडान भए । बन्दाबन्दीको पाँच महिनापछि यही भदौँ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान हुँदैछन् ।

नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको उडान तालिका अनुरुप उडानका लागि आवश्यक सम्पूर्ण तयारी भएको जनाएको छ । पर्यटन मन्त्रालयले यही भदौँ १६ अर्थात सेप्टेम्बर १ देखि ३० सम्म हुने एक महिनाको अन्तरराष्ट्रिय उडान तालिका सार्वजनिक गरिसकेको छ । एक महिनामा ६० वटा नियमित उडान र २७ वटा चार्टर्ड उडान हुनेछन् । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित १० विदेशी एयरलाइन्स गरी जम्मा १२ एयरलाइन्सले अन्तरराष्ट्रिय उडान गर्ने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले भदौँ सेप्टेम्बर १ देखि हुने नियमित अन्तरराष्ट्रिय उडान तथा चार्टर्ड उडानको सम्पूर्ण तयारी भएको बताए । उनका अनुसार अन्तरराष्ट्रिय उडान हुने भएपनि आन्तरिक उडान कहिलेबाट शुरु गर्ने भन्ने अझै निष्कर्षमा पुगिएको छैन । नियमित अन्तरराष्ट्रिय उडनको तयारीमा विमानस्थल सम्पूर्ण रुपले जुटेको छ । त्यसोत, पाँच महिनादेखिनै विमानस्थल सुरक्षित उडानका लागि पूर्णतः तयारी अवस्थामा छ ।

सरकारले सहजैरुपमा कोरोना परीक्षण गर्न पाउने मुलुकबाट नियमित उडान र अन्य मुलुकबाट चार्टर उडान गर्ने शर्तसहित अन्तरराष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको थियो । दैनिक ५०० यात्रु नबढ्नेगरी अन्तरराष्ट्रिय उडान हुनेछ । विश्व स्वास्थ्य सङ्गठन(डब्लुएचओ) र अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) मापदण्डमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विमानस्थलले सुरक्षित उडान सञ्चालनका लागि स्वास्थ्य प्रोटोकल लागू गरेको छ ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले डब्लुएचओ र आइकाओको मापदण्डमा रहेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा यात्रुलाई सुरक्षित बनाउन विमानस्थल सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीबारे आवश्यक तयारी गरिएको जानकारी दिए । विमानस्थलले सुरक्षित हवाई उडानका लागि कर्मचारी व्यवस्थापनदेखि यात्रुलाई सुरक्षित गर्ने सबैखाले तयारी गरेको उनले बताए।

विमानस्थलमा सामान्य अवस्थामा अन्तरराष्ट्रिय उडानतर्फ दैनिक १२ देखि १५ हजार यात्रु आवत जावत गर्थे । अन्तरराष्ट्रियतर्फ आवागमन र प्रस्थान दुबै गरी दैनिक ७० देखि ९० सम्म उडान हुन्थे । त्यस्तै आन्तरिकतर्फ ३०० भन्दा बढी उडान हुने गरेको थियो । अहिले नियमित अन्तरराष्ट्रिय उडान दैनिक दुईदेखि तीन वटा मात्रै हुनेछन् । चार्टर्ड उडान पनि सञ्चालन हुने भएकाले विमानस्थलले आवश्यक जनशक्ति र स्रोत साधनको प्रयोग गर्ने जनाएको छ ।

अन्तरराष्ट्रिय उडान शुरु हुने भएपछि विमानस्थल तथा वायुसेवा प्रदायक कम्पनीले कोभिड–१९ सङ्क्रमणबाट सुरक्षित उडानका लागि स्वास्थ्य प्रोटोकल पालनालगायत सबैखाले तयारी गरिसकेका छन् । यात्रुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विमानस्थलले आवश्यक स्वास्थ्य मापदण्डका आधारमा विमानस्थलमा खटिने कर्मचारीलाई, पिपिई, मास्क, स्यानिटाइजरको व्यवस्था गरिएको छ । जहाजबाट यात्रु ओर्लेपछि अन्तरराष्ट्रिय टर्मिनल भवन प्रवेश गर्नुपहिले आगमन कक्षको बाहिरपट्टि स्यानिटाइजर बुथ राखिएको छ । यात्रुले भौतिक दूरीका साथ लाइनमा बसेर सेनिटाइज भई आगमन कक्षबाट भित्रिन्छ । अध्यागमन प्रक्रिया गर्नेक्रममा पनि बिचमा पनि स्यानिटाइजर प्रयोग, स्वास्थ्य डेस्कको प्रक्रिया पुरा गरेर मात्रै यात्रु विमानस्थलबाट बाहिरिनेछन् । विमानस्थलले यात्रु आवत जावत गर्नेे हरेक स्थानमा दूरी कायम गर्ने, स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था मिलाएको छ । अध्यागमनदेखि हेल्थ डेस्कको प्रक्रिया पालना गर्दा तथा शौचालय र अन्य स्थानमासमेत स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

यात्रुसँग प्रत्यक्ष साक्षात्कार हुने सबैखाले जनशक्तिलाई विमानस्थलले स्वास्थ्य सुरक्षाका आवश्यक सामग्रीको व्यवस्था गरेको छ । महामारीबाट बचेर सुरक्षित उडानका लागि अन्तरराष्ट्रिय विमानस्थल नयाँ अत्याधुनिक संरचनाकासाथ सञ्चालनको तयारीमा छ । विमानस्थलको क्षमता अभिवृद्धिका साथै सेवा सुविधालाई स्तरीकरण गर्नेगरी अत्यावस्यक थपिएका संरचनाले विमानस्थलको स्वरुप पनि बदलिएको छ । विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलको झल्को दिनेगरी अन्तरराष्ट्रिय विमानस्थलको संरचना थप्नुका साथै सेवा विस्तार र स्तरीकरणको कार्यभएको हो ।

पछिल्लो पटक विमानस्थलको नयाँ संरचना र उडान व्यवस्थापकीय तयारीबारे पर्यटनमन्त्री योगेश भट्टराईले निरन्तर अवलोकन र निर्देशन दिदैँ आउनुभएको छ । विमानस्थलबाट बाहिरिनेक्रममा आकर्षक अत्याधुनिक भौतिक संरचनाले विमानस्थलको सौन्दर्यता थपेको छ । अहिले विदेशबाट आउने यात्रुले टलक्क टल्केको चिटिक्क नयाँ भवनको बाटो भएर बाहिरिनेछन् ।

Advertisement

यही भदौँ १६ देखि हुने नियमित अन्तरराष्ट्रिय उडान सञ्चालनताका लागि अहिले बनिरहेका सबै संरचनाको उपयोग गरिनेछ । अन्तरराष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।रासस

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top