१४ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार २ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै हालसम्म संक्रमित हुनेहरुको संख्या ३८ हजार ५ सय ६१ पुगेको छ । कुल संक्रमितमध्ये हाल १७ हजार ५ सय १८ वटा सक्रिय केशहरु छन् ।
आजमात्र थप २ सय ६७ जना डिस्चार्ज भएका छन् । योसंगै हालसम्म निको हुने संक्रमितको संख्या २० हजार ८ सय २२ पुगेको छ ।