×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

पीडकहरु नै सरकारमा हुँदा पीडितले न्याय पाएनन्ः बेपत्ता आयोग

१४ भाद्र २०७७

१४ भदौ, काठमाडौँ ।
बेपत्ता पारिएका व्यक्ति छानविन आयोगका पूर्व अध्यक्ष लोकेन्द्र मल्लिकले पीडकहरु नै सरकारमा रहेकोले बेपत्ता परेका व्यक्तिको समस्या समाधान हुन नसकेको बताएका छन् । सरकारले २०७१ साल माघ २७ गते बेपत्ता पारिएका व्यक्तिको पीडा सम्बोधन गर्न र तीनका परिवारलाई न्याय प्रदान गर्न गठन गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग’का तत्कालिन अध्यक्ष लोकेन्द्र मल्लिकले पीडकहरु नै सरकारमा भएकाले पीडितले न्याय पाउन नसकेको बताए ।

आइतबार अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै पूर्व अध्यक्ष मल्लिकले केही पीडक र केही सिमित पिडित समेत सरकारमा रहेको र पदको लोभमा लाभ लिइरहेका पिडितहरु नै नबोल्दा छानविन कार्यलाई सरकारले प्रभावित पारेको बताए । त्यसैले पीडितका समस्या समाधान नहुँदै सरकारले आयोगका सदस्यहरुको पदावधि थप नगरिदिएको बताए । सरकारले आयोग बनाउने तर कुनैपनि स्रोत साधन नदिने र कानून नबनाइदिनाले समस्या समाधान गर्ने भन्दा समय लम्ब्याउँदै लैजाने अभिप्राय देखिएको स्पस्ट हुने बताए । उनले भने ‘अधिकांश पीडकहरु नै सरकारमा गएका छन् । पीडितहरु पनि केही सिमित मात्रामा गए जसका आवस्यकताहरु जति छन सबै पुरा भइसकेका छ । केही सिमित व्यक्ति गइसकेपछि पदको लोभले गर्दा विरोध ग¥यो भने आफुले पाइराखेको सुविधाबाट बञ्चित हुने अवस्था आउला भनेर बोल्दैनन् । त्यस्ता व्यक्ति भएको ठाउँमा पीडकलाई सजाय गरेको उनीहरुले कसरी देख्न सक्छन समस्या त्यहाँ प¥यो । त्यो कारणले गर्दा उनीहरु सकभर यस्तै टालटुल गरेर फेरी अर्को गठन भयो त्यसलाई पनि स्रोत साधन नदिने, कानून नबनाइदिने हुँदा एक वर्ष दुई वर्ष हुन्छ र यीनले पनि काम गरेन र फेरी अर्को गठन गर्छ । एवं रितले यसलाई लम्ब्याउँदै पीडितलाई थकाउँदै जने अभिप्राय जस्तो लाग्छ ।’

मल्लिकले आफुहरुले ४ बर्ष काम गर्दा ८० प्रतिशत काम सम्पन्न गरेको पनि बताए । त्यसपछि सरकारले समय थप नगरेपछि आयोगको काम प्रभावित भएको उनले बताए । जसका कारण अन्तिम प्रतिवेदन नबुझाई निस्कनु परेको पनि उनले बताए । आयोगले तत्कालिन समयमा ७५ जिल्ला मध्ये ६४ जिल्लाको काम सम्पन्न गरिसकेको र पीडकलाई मुद्दा चलाउने अवस्थामा सरकारले ऐन ल्याएर आयोगको कार्यकाल समाप्त गरिदिँदा काम पुरा गर्न नपाएको उनले बताए ।

आयोगलाई ऐनले चारवटा म्याण्डेट दिएकोमा ६४ जिल्लामा अधिकांश काम सम्पन्न गरिएको पनि मल्लिकले बताए । उनले भने ‘ऐनले चारवटा म्याण्डेट दिएको थियो । पहिला सत्यतथ्यको खोजि गर्ने, पीडितलाई न्याय दिलाउने, पीडितलाई परिपुरणको व्यवस्थापन गर्ने, सशस्त्र द्धन्द्ध नेपालका के कारणले भयो र भविस्यमा नदोहोरिनको लागि के के उपायहरु अवलम्बन गर्ने भन्ने सम्बन्धमा सरकारलाई सुझाव दिने म्याण्डेट पाएका थियौं । पहिलो म्याण्डेट सत्यको खोजि गर्ने कुरामा ६४ जिल्लामा जति फेला परे तिनको सत्य तथ्य पत्ता लगायौं । पीडकलाई बुझेर मुद्दा चलाउने कुरा मात्रै बाँकी थियो । त्यो गर्ने अवसर आएन ।’

आयोगले चार वर्ष सम्म काम गर्दा सरकारले कुनैपनि सहयोग नगरेको समेत मल्लिकले बताए । पीडकलाई सजाय गर्ने कानून सरकारले नल्याउँदा आयोगले पीडकमाथि मुद्दा चलाउन नपाएको पनि उनले बताए । मुखले काम गर भन्ने तर आधारभूत आवस्यकता र स्रोत साधनको व्यवस्था नगर्ने प्रवृति सरकारले देखाउँदा कामलाई समयमै पूर्णता दिन नसकिएको बताए । तरपनि आफुहरुले चार वर्षसम्म डटेर काम गरेकाले ८० प्रतिशत काम सम्पन्न गरेको उनले बताए । ११ वटा दुर्गम जिल्लामा भने आफुहरुले सत्य तथ्य पत्ता लगाउने काम गर्न नै बाँकी रहेको उनले बताए ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top