नितेश यादव
१४ भदौ, जनकपुरधाम ।
प्रदेश २ मा आइतबार कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्ला गरी २ सय २७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १० हजार २२ पुगेको छ ।
आइतबार धनुषामा सबभन्दा बढी ७१ जना, महोत्तरीमा ३५ जना, सिरहा २ जना, बारा ३० जना, पर्सा ४९ जना, सर्लाही ३५ जना, सप्तरी ४ जना र रौतहटमा १ जना संक्रमित फेला परेको समाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।
योसंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १० हजार २२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशमा १९ जना महिला सहित ११४ जना उपचार पश्चात कोरोना मुक्त भएका छन् ।