नितेश यादव
१४ भदौ, जनकपुरधाम ।
रौतहटमा हिरासतमा प्रहरीले दिएको यातनाका कारण मृत्यु भएको भनिएका युवकको परिवारलाई प्रदेश सरकारले राहत स्वरुप ५ लाख रुपैयाँ दिने भएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाको थुनामा कर्तव्य ज्यान मुद्दाको आरोपमा पक्राउ परेका विजय महरालाई प्रहरीले यातना दिएको कारण उपचारको क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
आइतबार एक विज्ञप्ति जारी गर्दै दोषीलाई कानून बमोजिम कारवाही हुने प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रतिबद्धता व्यक्त गरेका छन् ।

मृतक विजय महराले नै आफ्नो परिवारको भरण पोषण गर्दै आएकोले अब उनको मृत्यु पश्चात अहिले घर परिवार चलाउन समस्या भएपछि प्रदेश सरकारले राहत स्वरूप तत्काल पाँच लाख रुपैया उपलब्ध गराउने मन्त्री यादवले जारी गरिएको विज्ञप्ति भनिएको छ ।
यस घटनामा इलाका प्रहरी कार्यालय गरुडा रौतहटका इन्चार्ज प्रहरी नायव उपरीक्षक ज्ञान कुमार महतोलाई प्रदेश प्रहरी कार्यालय जनकपुरमा तानिएको छ ।