छाङरु र तिङ्कर जाेड्ने ४६० मिटर गाेरेटाे बन्याे, भदौभित्रै पूरा हुने

१५ भदाै, दार्चुला।

नेपाली सेनाले घाँटीबगर इलाकामा कडा चट्टान रहेको भीरमा ४६० मिटर गोरेटो बाटो निर्माण गरेको छ । यही भदौ मसान्तभित्रै ५५० मिटर उक्त गोरेटो बाटोको ट्रयाक खोलिसक्ने सेनाको तयारी छ । भारतले सडक निर्माणका क्रममा अवरुद्ध रहेको घाँटीबगर क्षेत्रमा बाटो अवरुद्धहुँदा व्यासको छाङरु र तिङ्करका बासिन्दालाई आवतजावत गर्न समस्या थियो । गत जेठ ९ गतेदेखि नेपाली सेना परिचालन भएर यो क्षेत्रमा गोरेटो बाटो निर्माणको कार्य अघि बढाइएको हो ।

यो बाटो खुलेसँगै व्यासका बासिन्दालाई जोखिमपूर्ण मानिएको क्षेत्रमा बाटो सहज हुनेछ । व्यासको छाङरु र तिङ्करका बासिन्दालाई कार्तिक महिनामा खलंगा कुञ्चा झर्नसमेत सहज हुनेछ । व्यासको छाङरुमा ११७ र तिङ्करमा ८७ घरधुरीको बसोबास छ । “छिटोभन्दा छिटो काम सक्ने गरी सेनाले घाँटीबगरमा काम गरिरहे पनि मौसम प्रतिकुल नहुनु र कडा चट्टानी भूगोल भएका कारण निर्माण कार्यमा केही ढिलाइ भएको छ”, नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले भने, “आजसम्म ४६० मिटर काम पूरा भएको छ, थप ९० मिटर काम दुई साताभित्र निर्माण भई सक्छ ।”

Advertisement

उहाँले हरेक दिन सातदेखि १० मिटर लक्ष्य राखेर ट्ययाक खोल्ने काम भइरहेको बताए । त्यहाँ कडा चट्टान रहेको बताइएको छ । अहिले २६ ठाउँमा विस्फोट गर्न प्वाल बनाइएको छ । उक्त क्षेत्रमा अहिलेका लागि गोरेटो बाटोमात्र खोले पनि सरकारले दीर्घकालीन रुपमा सडक निर्माण गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद्को गत वैशाख १४ गतेको निर्णयअनुसार खलंगादेखि घाँटीबगर ६५ किलोमिटरमा तिङ्कर सडक योजना र घाँटीबगर–तिङ्कर भञ्ज्याङसम्मको ८७ किलोमिटर सडकखण्ड सेनालाई निर्माणको जिम्मा दिइएको छ ।

पछिल्लो समय विश्वमा फैलिएको कोभिड–१९ का कारण सीमा नाका बन्द हुँदा त्यहाँका बासिन्दाले भारतीय बाटो प्रयोग गर्न पाएका छैनन् । व्यासको छाङरु र तिङ्करमा बस्ने नेपालीलाई सदरमुकाम खलंगा कुञ्चा सर्नका लागि पनि घोरेटो बाटो निर्माण आवश्यक भएको व्यास गाउँपालिका वडा नं १ का सचिव विनोदसिंह बुढाथोकीले बताए ।

Advertisement

“अहिले बाटो नहुँदा छाङरु र तिङ्करका बासिन्दा सदरमुकाम खलंगा आउन पाएका छैनन्, सदरमुकाममा रहेका त्यहाँका पनि गाउँ फर्किन पाएका छैनन्, चाँडो बाटो निर्माण भयो भने स्थानीयलाई आफ्नै भूमि भएर गाउँ जान सहज हुने थियो”, बुढाथोकीले भने । सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि यहाँका बासिन्दा पनि नेपालकै भूमि भएर आवत–जावत गर्न पाए भन्नेमा छन् । उनीहरुले अहिलेसम्म नेपाल सरकारले व्यास पुग्ने बाटो निर्माणमा महत्व नदिँदा व्यासीले समस्या झेल्नुपरेको व्यास–१ का बासिन्दा जगदीशप्रताप ऐतवालले बताए । पञ्चायतकालमा भारतीय नागरिक पनि नेपालकै यही गोरेटो बाटो भएर व्यासहुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने गरेका उनले सुनाए ।

व्यासीहरु हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलंगा बस्ने गर्छन् । खलंगाको गर्मी छल्न चिसो ठाउँ उक्लिएका व्यासी चिसो बढेपछि पुनः कार्तिकमा खलंगा झर्ने तयारी हुन्छ ।विगतमा उनीहरुले भारतीय बाटोहुँदै गाउँ जाने गरेका थिए । व्यासको छाङरु र तिङ्कर पुग्न नेपाल तथा भारत दुवैतर्फको प्रशासनको अनुमति लिनुपर्ने बाध्यता थियो । नेपाली भूमि भएर घोरेटो बाटोको ट्ययाक खुलाउन सके स्थानीयले आफ्नै भूमि भएर बरु चार दिन लगाएर भएपनि आवतजावत गर्ने ऐतवाल बताउँछन् ।

सरकारले २०६५ सालमा महाकाली लोकमार्गको दार्चुला–तिङ्कर सडकखण्ड निर्माण गर्ने योजना बनाए पनि त्यसलाई महत्व दिएको थिएन । एक सय ३४ किलोमिटर लम्बाई रहेको उक्त लोकमार्ग चीनको सीमा नजिक तिङ्कर भञ्जाङसम्म पुग्छ । उक्त लोकमार्ग निर्माणको १२ वर्ष पुग्दा मुस्किलले ४७ किलोमिटर सडकको ट्ययाक खोलिएको छ ।

भारततर्फ पिथौरागढ जिल्लाको धार्चुलाबाट सिधै कालापानीसम्म गाडी चल्ने गरी दुई लेनको सडक निर्माण भइरहेको छ । नेपालतर्फको बाटोबाट हिँडेर छाङरु पुग्न अहिले चार दिन लाग्छ । चार दिन लाग्ने गोरेटो बाटो पनि कठीन छ र बीचमा राति बास बस्ने ठाउँको अभाव छ । घाँटीबगरमा बाटो सञ्चालन भए पनि तम्बाकु, कल्जुलगायतका क्षेत्रमा अहिले घोरेटो बाटो अवरुद्ध रहेको वडासचिव बुढाथोकीले बताए ।

Advertisement

भर्खरको समाचार

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

सम्बन्धित समाचार

Scroll to Top