भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन

१५ भदौ ७७, सोमबार
Share this
720shares

१५ भदौ, काठमाडौँ ।
भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । मुखर्जीको नयाँ दिल्लीस्थित आर्मी अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको उनका छोरा अभिजित मुखर्जीले ट्वीटमार्फत जानकारी दिएका छन् ।

Advertisement

कोरोनाका कारण निधन भएका मुखर्जी ८४ बर्षका थिए । केहि दिनदेखि ‘डिप कोमा’ मा रहेको उनको उपचार भारतीय सैनिक अस्पतालले भइरहेको थियो । उनलाई नयाँ दिल्लीको आर्मी रिसर्च एण्ड रिफरल अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरको सहायताले डिप कोमामा नै राखेर उपचार गर्दै आएको थियो।पूर्व राष्ट्रपति मुखर्जी अगष्ट १० मा सो अस्पतालमा भर्ना भएका थिए। उनको मस्तिष्कको शल्यक्रिया पनि सोही अस्पतालमा नै गरिएको थियो । त्यसपछि भने उनलाई कोरोना भाइरसको संक्रमण देखिएको जनाइएकाे छ ।

Advertisement

गत वर्ष भारत रत्नबाट सम्मानित मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति बनेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top