योगेन्द्र योगी
१६ भदाै, दोहा ।
कुवेतले नेपालीसहित विदेशी नागरिकको भिसा थप तीन महिना थपेको छ । कोरोना भाइरसको विषम् परिस्थितिका कारण १ मार्च २०२० यता भिसा समाप्त भई कुवेतमा रहेका विदेशी नागरिकको भिसा थप तीन महिना बढाउँदै नोभेम्बर ३० सम्म पु¥याएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
कुवेतले यसअघि थप गरेको भिसाको अवधि अगष्ट ३१ अर्थात हिजोदेखि सकिएको छ । हालसम्म नेपाल लगायत विभिन्न मुलुकहरूमा अन्तर्राष्ट्रिय हवाई उडानहरू (चार्टर्ड उडान बाहेक) संचालनमा नआएको र पहिले थप गरिएको ३ महिनाको अवधि समेत समाप्त भएको कारण कुवेत सरकारले भिसा अवधि पुनः ३ महिना थप गरी ३० नोभेम्बर २०२० सम्म पुर्याउने निर्णय गरेको कुवेतको आन्तरिक मन्त्रालयले जनाएको छ ।