×

NEPAL TIMES UPDATES

Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026

महोत्तरीमा थप एक साता निषेधाज्ञा जारी

१६ भाद्र २०७७

१६ भदौ, महोत्तरी । कोभिड-१९ सङ्क्रमण फैलँदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ ।

भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले थप एक हप्ता अवधिका लागि यो आदेश जारी गरेको हो ।

Advertisement
Advertisement

सोमबार थपिएको निषेधाज्ञाको अवधि भदौ २२ गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जारी गर्नुभएको आदेशमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि लागू हुनेगरी भदौ १ गते १० दिनका लागि निषेधाज्ञा घोषणा गरेको थियो ।

यद्यपि त्यसअघि पनि साउन २१ गते नै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको मुख्य बजारक्षेत्र र महोत्तरी गाउँपालिका-३ र ५ मा निषेधाज्ञा जारी थियो ।

भदौ लागेदेखि नै जिल्लाभरि जारी गरिएको निषेधाज्ञाबीच नै यहाँ सङ्क्रमण ह्वात्तै बढेको छ । जिल्लामा कोरोना भाइरसबाट १० जनाको ज्यान गइसकेको छ । तीमध्ये दुई जनाको ज्यान सोमबार भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।

जिल्लामा सोमबार साँझसम्म ११९ महिला र एक हजार १२४ पुरुषसहित एक हजार २४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सात जनामा सोमबार नै पुष्टि भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । भदौ लागेयताका १५ दिनमा जिल्लामा २३४ नयाँ सङ्क्रमित थपिएका छन् ।

Advertisement
Advertisement

जिल्लामा लगातार निषेधाज्ञा थपिँदै गए पनि यसको अनुगमन भने नभएको गुनासो बढेको छ । साइकल, मोटरसाइकल, जिप, टेम्पु निर्बाध चल्नु र जताततै भीडभाड बढे पनि त्यसको निगरानीमा प्रहरी, प्रशासन र पालिकाको नेतृत्व उदासीन देखिएको बर्दिवास-१४ का अम्बिकाप्रसाद गौतमको गुनासो छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top