×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

स्वाथ्यकर्मी माथिको विभेद नसेलाउँदै सर्जिकल व्यवसायीमाथि कुटपिट

१६ भाद्र २०७७

१६ भदौ, काठमाडौँ ।
सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौंको त्रिपुरेश्वर क्षेत्रका व्यवसायीहरु आन्दोलित भएका छन् । सोमबार दिउसो २ बजेपछि स्थानीयहरुले हिमालयन सर्जिकलका युवराज बेल्बासेलाई कुटपिट गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन् ।

सर्जिकल व्यवसायलाई राज्यले अत्यावस्यक सेवा अन्तर्गत चौविसै घण्टा सञ्चालन गर्न दिएको छ । तर व्यवसायीहरुको संगठन केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसन नेपाल (केमसान)ले वडा कार्यालय र स्थानीय ब्वाइज युनियनलाई समेत बोधार्थ गरि विहान ११ बजे देखि दिउँसो २ बजे सम्म मात्रै पसल सञ्चालन गर्न पत्र पठाएको व्यवसायीहरुले बताए ।

सोही नियमलाई लिएर स्थानीयले सोमबार दिउसो २ बजे भित्रै पसल बन्द नगरेको भन्दै आफुमाथि कुटपीट गरेको व्यवसायी बेल्बासेले बताए । दिउँसो २ बजेर केही मिनेट जाँदा पसलमा रहेका ग्राहकलाई सामान दिई पसल बन्द गर्नै लाग्दा केही व्यक्तिको समुहले कुटपिट गरेको उनले बताए ।

व्यवसायीहरुले कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरी तत्काल कारबाही गर्न माग गरेका छन् । कोभिड १९ संक्रमणको जोखिमलाई ध्यान दिएर अहिले सम्म केमसान र स्थानीयले बनाएको नियमलाई मान्दै आएको तर व्यवसायी माथि नै कुटपिट हुन थालेपछि त्यस्तो नियम नमान्ने उनीहरुले बताए । सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपालका केन्द्रीय प्रवक्ता आशिष प्याकुरेलले कुटपिट गर्ने व्यक्तिमाथि कारबाहीको माग गरे । उनले व्यवसायी माथि कुटपिट गर्नेहरुले बनाएको नियम गैह्र कानूनी भएको भन्दै राज्यले बन्द गर्न नभन्दा सम्म चौविसै घण्टा पसल सञ्चालन गर्ने बताए ।

व्यवसायी भरतमणि सिलवालले राज्य ले नै अत्यावस्यक सेवा अन्तर्गत राखेको क्षेत्रलाई आफुखुसी बन्द गराउने अधिकार स्थानीयहरुसँग नभएको बताए । उनले केही समय मात्रै पसल सञ्चालन गर्दा भिड बढेकोले संक्रमणको जोखिम समेत बढेको बताए । त्यसैले अवदेखि चौविसै घण्टा पसल खोल्ने सिलवालले बताए ।

व्यवसायी माथि भएको कुटपिटको विरोध जनाउन एकठाउँमा भेला भएका व्यवसायीलाई प्रहरीले भिडभाड नगर्न आग्रह गरेको छ । प्रहरीले माइकिङ गरी सर्जिकल क्षेत्रलाई राज्यले अत्यावस्यक सेवाको रुपमा राखेकोले निर्वाधरुपमा सञ्चालन गर्न पाउने बताएको छ । त्यस्तै व्यवसायीको सुरक्षाका लागि प्रहरी रहेको भन्दै प्रहरीले निर्वाधरुपमा पसल सञ्चालन गर्न माइकिङ गरेको हो ।

सर्जिकल व्यवसायलाई सरकारले अत्यावस्यक सेवा अन्तर्गत राखेको छ । तर पनि त्रिपुरेस्वर क्षेत्रका व्यवसायीहरुले स्थानीयहरुको आग्रहलाई स्वीकार गर्दै विहान ११ बजे देखि दिउसो २ बजे सम्म पसल सञ्चालन गर्दै आएका थिए । जोखिम मोलेर काम गरिरहेका व्यवसायीमाथि कुटपिट हुनुले आफुहरु असुरक्षित भएको महसुस भएको भन्दै घटनाको जिम्मेवारी केमसान, वडा कार्यालय र स्थानीय ब्वाइज युनियनले लिनुपर्ने व्यवसायीहरुले बताएका छन ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top