×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको अनुमतिपछि भारतले किन्यो रुसी तेल,अमेरिकाले हर्मुजमा सुरक्षा दिन नसक्ने || Nepal Times
Mar 11, 2026
Playing
इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ? || Nepal Times
Mar 11, 2026
Playing
बालेन सफल भए नयाँ युग, असफल भए फेरि विद्रोह! || Nepal Times
Mar 11, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-27-2082 || Nepal Times
Mar 11, 2026
Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026

फ्रान्सको पत्रिकाले फेरि छाप्यो पैगम्बर मोहमदका विवादित कार्टूनहरू

१७ भाद्र २०७७

१७ भाद्र, एजेन्सी ।
फ्रान्सको व्यङ्ग्य पत्रिका शार्ली एब्डोले पैगम्बर मोहमदका कार्टुनहरू पुनः प्रकाशित गरेको छ।

सोही कार्टूनका कारण सन् २०१५ मा उक्त पत्रिका चरमपन्थीहरूको आक्रमणमा परेको थियो। सन् २०१५ ज्यानुअरीमा शार्ली एब्डोको कार्यालयमा भएको एउटा उग्रवादी आक्रमणमा साथ दिएको आरोप लागेका १४ जनाविरुद्ध सुनुवाइ सुरु हुनुभन्दा एक दिनअघि ती कार्टूनहरू पुनः प्रकाशित गरिएका हुन्।

आक्रमणमा परेर त्यो पत्रिकाका चर्चित कार्टूनिस्टसहित १२ जनाको मृत्यु भएको थियो। त्यसैसँग जोडिएको र केही दिनपछि प्यारिसमा भएको अर्को त्यस्तै घटनामा थप पाँच जनाको ज्यान गएको थियो। त्यसपछि फ्रान्समा आतङ्कवादी हमलाहरूको शृङ्खला सुरु भएको थियो।

पत्रिकाको नयाँ अङ्कमा पैगम्बर मोहमदका १२ वटा कार्टूनहरू छापिएका छन्। ती कार्टूनहरू पहिले पनि शार्ली एब्डोमा प्रकाशन हुनुपूर्व डेनमार्कको एउटा पत्रिकामा छापिएका थिए। त्यसमध्ये एउटा कार्टूनमा पैगम्बर मोहमदको शिरमा बम बाँधिएको देखाइएको छ।

त्यसको शीर्षकमा फ्रेन्च भाषामा लेखिएको छ, त्यो सबैकुरा यसका लागि थियो। आफ्नो सम्पादकीयमा पत्रिकाले सन् २०१५ को हमलापश्चात् उसलाई पैगम्बर मोहमदको व्यङ्ग्यचित्र छाप्न जारी राख्न भनिएको लेखेको छ। त्यसमा लेखिएको छ, हामीले त्यसो गर्न सधैँ अस्वीकार गर्‍यौँ। त्यसप्रति प्रतिबन्ध भएर होइन।

कानुनले हामीलाई त्यसो गर्न अनुमति दिन्छ। तर त्यसो गर्न (कार्टून छाप्न) कुनै उपयुक्त कारण चाहिन्थ्यो। त्यस्तो कारण जसको केही अर्थ होस् र त्यसले बहस होस्। ती कार्टूनहरूलाई ज्यानुअरी २०१५ को हमलामाथि सुनुवाइ हुनुपूर्वको सातामा छाप्नु हामीलाई उपयुक्त लाग्यो।

सुनुवाइमा के हुँदैछ
चौध जनाविरुद्ध प्यारिसस्थित शार्ली एब्डोको कार्यालयमा आक्रमण गर्ने मानिसहरूलाई हतियार जुटाउन र उनीहरूको सहयोग गर्न सहयोग गरेको अभियोग लगाइएको छ।

उनीहरूमाथि यहुदी सुपरमार्केट र एक प्रहरीमाथिको हमलामा सघाएको आरोप लगाइएको छ। तीन जनाविरुद्ध उनीहरूको उपस्थितिविनै मुद्दा चलिरहेको छ। उनीहरू उत्तरी सिरिया वा इराक भागेको ठानिएको छ। फ्रान्सको प्रसारक आरएफआईका अनुसार २०० याचिकाकर्ता र आक्रमणमा जोगिएका मानिसहरूले सुनुवाइमा साक्षीका रूपमा बयान दिनेछन्।

गत मार्चमा सुरु हुनुपर्ने भए पनि कोरोनाभाइरस महामारीका कारण उक्त मुद्दाको सुनुवाइपछि सारिएको हो। सुनुवाइ नोभेम्बरसम्म चल्ने बताइएको छ।

आक्रमणमा के भएको थियो ?

सन् २०१५ को ज्यानुअरी ७ मा सेड र चेरिफ कोची नामका दाजुभाई शार्ली एब्डोको कार्यालयमा पसेर गोली चलाएका थिए।

त्यसमा सम्पादक स्टीभन चार्बोनियर, चार व्यङ्ग्य चित्रकार, दुई स्तम्भकार, एक भाषा सम्पादक, एक सहयोगी र एक पाहुनाको हत्या भएको थियो। त्यसमा सम्पादकका अङ्गरक्षक र एक प्रहरी पनि मारिएका थिए। ती दुई दाजुभाइलाई खोज्ने क्रममा तिनका एक सहयोगीले एक महिला प्रहरीको हत्या गरे र एउटा यहुदी सुपरमार्केटमा कैयौँलाई बन्धक बनाए।

ती व्यक्तिले ९ ज्यानुअरीमा चार यहुदीहरुको हत्या गरे। पछि प्रहरीको गोली लागेर ती व्यक्तिको पनि ज्यान गयो। मृत्यु हुनुअघि गरिएको भिडिओ रेकर्डिङमा उक्त व्यक्तिले इस्लामिक स्टेटको नाममा उक्त हमला गरेको बताउका थिए। शार्ली एब्डोमा आ‍क्रमण गर्ने दाजुभाइको पनि प्रहरीले हत्या गरिदिएको थियो।(बीबीसी)

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top