१७ भाद्र, वीरगन्ज ।
नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये १३ जना पर्सा र ५० जना बाराका हुन् । ४ सय ९० जनाको स्वाब परीक्षण गर्दा २८ महिलासहित ५ वर्षदेखि ७० वर्ष उमेर–समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
पर्साको बहुदरमाई नगरपालिकामा थप ८ जना संक्रमित थपिएका छन् । बहुदरमाई–४ मा ५ जना, ६ मा दुई जना र वडा नं ५ मा एक जनामा संक्रमण देखिएको हो । वीरगन्ज महानगरपालिका–४ बिर्तामा २ जना, मुर्लीमा एक जना र वडा १८ मा एक जनामा कोरोना पोजिटिभ देखिएको छ ।
यसै गरि कलैया उपमहानगरपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको छ । कलैया– १ मा ५ जना, ७ मा ५ जना, २३ मा ३ जना, २ मा ६ जना, ४ मा ६ जना, ६ मा एक जना, ९ मा एक जना, २० मा ४ जना, ८ मा एक जना, ५ मा ७ जना, ३ मा एक जना, २० मा ४ जना र वडा २१ मा एक जनामा कोरोना पुष्टि भएको हो ।
तीन संक्रमितको वडा नखुलेको डा. चौरसियाले जनाए । एक संक्रमित गण्डक अस्पतालका छन् ।