१७ भदौ, विराटनगर ।
जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५३ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ ।बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सम्बन्धित धनीलाई मोबाइल बुझाईएको हो ।
मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले मोबाईल हराएको तथा चोरी भएको भन्ने बिभिन्न ब्यक्तिहरुले दिएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा ५३ थान मोबाईल सेटहरु फेला पारी बुझाईएको जानकारी दिए ।