×

NEPAL TIMES UPDATES

Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026

शेयर कारोबार अपत्यारिलो बढोत्तरी, कारोबार ४ अर्ब नाघ्यो

१७ भाद्र २०७७

१७ भदौ, काठमाडौँ ।
बुधबार शेयर बजारमा ४ अर्ब बढीको कारोबार भएको छ भने नेप्से परिसूचक १५ सय अंक भन्दा माथि पुगेको छ । नेप्से परिसूचक २५ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय १० दशमलव ५७ अंकमा बन्द भएको छ । नेप्से ६ महिना पछि १ हजार ५ सय भन्दा माथिको अंकमा पुगेको छ ।

यस अघि नेप्से २०७६ फागुन १८ गते (मार्च १) मा १ हजार ६ सय २० अंकमा पुगेको थियो भने त्यसको दुई दिन पछि १ हजार ५ सय १ अंकमा झरेको थियो । त्यस यता निरन्तर गिरावट आउदा २०७७ असार १५ गते (जुन २९) मा १ हजार १ सय ७८ अंकमा झरेको थियो । त्यसयता शेयर बजार फेरी बढ्न थालेको थियो । लकडाउनका कारण अर्थतन्त्रमा ठूलो असर परेपनि शेयर बजारमा भने चमक देखिएको छ । यसअघि लकडाउनमा लामो समय बन्द रहेको शेयर बजार पछिल्लो पटक भने अनलाइन कारोबार सम्भव भएपछि बन्द भएको छैन । निषेधाज्ञामा पनि खुलेको बजारमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

अहिले ब्रोकर कार्यालयमा जाने अवस्था पनि छैन त्यसैले लगानीकर्ताले अनलाइनमार्फत कारोबार गरिरहेका छन् । त्यसैको असर बुधबरको शेयर बजारमा परेको मान्न सकिन्छ । बुधबार १ सय ८६ कम्पनीको ४ अर्ब १८ करोड १० लाख ३६ हजार रुपैयाँ बढीको ९६ लाख ८६ हजार ९ कित्ता शेयर खरिद विक्री भएको छ । यो कारोबार नेप्सेको इतिहासमा एकै दिनमा भएको कारोबारलाई हेर्नेहो भने बुधबार दोस्रो ठूलो कारोबार हो ।

यसअघि २०७६ फागुन १५ गते ४ अर्ब ३६ करोड रुपैयाँ बारबरको कारोबार भएको थियो । बजारमा कारोबार बढ्नुको कारण अर्थतन्त्रका अन्य सबै क्षेत्र बन्द रहनु पनि हो । अन्य क्षेत्रमा लगाउने पैसा शेयर बाजरमा भित्रिदा कारोबार रकम बढ्न गएको आकलन लगानीकर्ताहरुको छ । बुधबार जीवन बीमा र निर्जीवन बीमा समूह बाहेकका सबै समूहका सूचक बढेका छन् ।

सबैभन्दा धेरै अन्य समूहमा वृद्धि भएको छ भने बैंकिङ, विकास बैंक, फाइनान्स लगायतका समूहमा पनि आकर्षक वृद्धि देखिएको छ । सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनीको ६७ करोड ४२ लाख रुपैयाँ बढीको भएको छ भने अन्य आठवटा कम्पनीको कारोबार पनि १० करोड रुपैयाँ भन्दा बढीको भएको छ । बुधबार १५ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेमा उच्च कारोबार हुँदा परिसूचकले पनि साथ दिएको छ । तरपनि प्रभु इन्स्योरेन्स र प्रुडेन्सीयल इन्स्योरेन्सको शेयर मूल्य ४ प्रतिशत बढीले घटेको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top