१७ भदौ, काठमाडौँ ।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिला र ६ पुरुष गरी १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
कोरोनाबाट काठमाडौं उपत्यकामा मात्रै ५ जना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । चितवनमा ५५ वर्षिया र १८ वर्षिया महिला, काठमाडौंमा ८९ वर्षिया, ललितपुरमा ७० वर्षिया, तनहुँमा २० र कपिलवस्तुमा ६० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको हो । यस्तै बारामा ९७ वर्षिय, चितवन ६५ वर्षिय, भक्तपुरमा ४० वर्षिय, काठमाडौंमा ७० र ७५ वर्षिय र धादिङमा ४७ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ ।
आज थप ११ सय २० जनामा कोरोना संक्रमण देखिएको छ । ३ सय २० महिला र ८ सय पुरुषमा संक्रमण देखिएको छ । काठमाडौंमा ३ सय ५०, ललितपुरमा २९ र भक्तपुरमा ९ जनामा संक्रमण देखिएको छ । आजसम्म नेपालमा कोरोना संक्रमण हुनेको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।
आज देशभरी संक्रमितको संख्या १८ हजार १ सय ८ जना रहेको छ । प्रदेश नम्बर १ मा १ हजार १ सय ३८, प्रदेश नम्बर २ मा १ हजार १ सय २७, बागमती प्रदेशमा ५ हजार ६७ र गण्डकी प्रदेशमा ६ सय ३९ जना रहेका छन । प्रदेश नम्बर ५ मा १ हजार २ सय ५२, कर्णाली प्रदेशमा ३ सय ५० र सुदूरपश्चिम प्रदेशमा ९ सय २० जना गरी देशभरी संस्थागत आइसोलेसनमा १० हजार ४ सय ९३ जना रहेका छन् ।
यस्तै प्रदेश नम्बर १ मा ६ सय ७६, प्रदेश नम्बर २ मा ४ हजार १ सय ३, बागमती प्रदेशमा २ हजार १ सय ७६ र गण्डकी प्रदेशमा ३८ जना होम आइसोलेसनमा रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ४ सय ७, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा १ सय ३८ जना गरी देशभरी होम आइसोलेसनमा ७ हजार ६ सय १५ जना रहेका छन । आइसियुमा १ सय ४४ जना संक्रमित र भेन्टिलेटरमा १८ जना उपचाररत रहेका छन् ।
आज १ हजार १ सय १२ जना डिस्चार्ज भएका छन । प्रदेश नम्बर १ मा १ हजार ७ सय ८७, प्रदेश नम्बर २ मा ६ हजार ३४, बागमती प्रदेशमा १ हजार ५ सय ६९र गण्डकी प्रदेशमा १ हजार ७ सय९ जना संक्रमित मुक्त भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ हजार ६६, कर्णाली प्रदेशमा २ हजार १ सय ३७ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ९ सय ८८ गरी देशभरी गरी आजसम्म २३ हजार २ सय ९० जना संक्रमण मुक्त भएका छन । क्वारेन्टिनमा ६ हजार ७ सय ६६ जना रहेका छन । मन्त्रालयले ५ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा निषेधाज्ञा र २ सय भन्दा बढी संक्रमित रहेका जिल्लामा बन्दाबन्दी गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरेको छ ।