×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

निषेधाज्ञाकाे विकल्प खोज्न व्यवसायीको सुझाव

१७ भाद्र २०७७

१७ भदौ, काठमाडौँ ।
निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्ने आवस्यकता रहेको बताएका हुन् ।

सरकारले लकडाउन र निषेधाज्ञाको अवधिमा कोभिड १९ संक्रमण रोकथामका लागि व्यवस्थापन पक्षमा राम्रो काम गर्न नसक्दा मानिसको जीवन र देशको अर्थतन्त्र दुवै जोखिममा परेको व्यवसायीहरुको भनाई छ । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले कोभिड रोकथामका लागि निषेधाज्ञा गरिएपनि सरकारले कुनै व्यवस्थापन नगरेकाले लामो समय यस्तै प्रकारको निषेधाज्ञा आवश्यक नरहेको बताए ।

अर्थतन्त्रका लागि निषेधाज्ञा स्वीकार योग्य नहुने भएपनि मानिसको जीवन रक्षाका लागि मात्रै निषेधाज्ञा स्वीकार गरिएको उनले बताए । पछिल्लो समय रोग र भोक दुवैबाट मानिसको जीवन असुरक्षित देखिएको भन्दै उपाध्यक्ष अग्रवालले जीवन रक्षाका लागि भएपनि अर्थतन्त्रलाई सूचारु गर्नुपर्ने बताए । उनले निषेधाज्ञाको स्वरुप परिवर्तन गरी देशको सीमा नाकामा कडाई गर्नुपर्ने, अन्तर जिल्ला आवागमनमा रोक लगाउनुपर्ने र संक्रमणका मापदण्डलाई कडाईकासाथ पालना गर्नुपर्नेमा जोड दिए । संक्रमण रोकथामका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न दिनुको विकल्प नरहेको पनि अग्रवालले बताए । उनले संक्रमणको अवस्थालाई नियन्त्रण गर्ने र अर्थतन्त्रलाई सूचारु गर्ने विषयमा समानान्तर व्यवस्थापन गर्नुपर्ने बताए ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले कोभिड रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन बाहेक अन्य केही विकल्प नदेख्दा व्यवसायीहरु मारमा परेको बताए । सरकारले लकडाउन गर्दै गर्दा अल्पकालिन वा दिर्घकालिन विकल्प प्रस्तुत गर्न नसकेको समेत उनले बताए । लकडाउनलाई नै विकल्प बनाउँदा व्यवसायी र नागरिकहरु त्रसित बनेकोले लामो समय यस्तै अवस्था रहे जीवन रक्षाका लागि विद्रोह गर्नुपर्ने अवस्था आउन सक्ने बताए । लकडाउनका कारण सिर्जित समस्या समाधानका लागि सरकारले अल्पकालिन र दिर्घकालिन विकल्प दिनुपर्ने उनले बताए । सरकारले निषेधाज्ञालाई खुकुलो बनाए सबै व्यवसायीहरु सचेत बनेर व्यवसाय सञ्चालन गर्ने पनि कटुवालले बताए ।

नेपाल खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र बज्राचार्यले बजारका सबै गतिविधि ठप्प हुँदा व्यसायीहरु विस्थापित हुनुपर्ने स्थितिमा पुगेको बताए । निषेधाज्ञालाई खुकुलो बनाए संक्रमण फैलने र खुकुलो नबनाए व्यवसायीहरु विस्थापित हुने भएकाले दुवै पक्षलाई समानान्तर रुपमा अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । संक्रमण रोकथामका मापदण्डहरु पालना गरेर व्यवसाय सञ्चालन गर्न दिनुनै सबैभन्दा उत्तम विकल्प हुने बज्राचार्यले बताए ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन अथवा निषेधाज्ञाको स्थिति लामो समय रहे देशको कुल गार्हस्थ उत्पादनमा ठूलो गिरावट आउन सक्ने देखिन्छ । पछिल्लो समय लामोसमय लकडाउन गर्ने अधिकांश मुलुकहरुको अर्थतन्त्रमा ठूलो क्षति भएको देखिन्छ । पछिल्लो तथ्याङ्क अनुसार भारतको कुल गार्हस्थ उत्पादनमा २४ प्रतिशत गिरावट आइसकेको छ । त्यस्तै अन्य मूलुकको आर्थिक वृद्धिदर पनि नकारात्मक असर परेको देखिन्छ । कोभिड रोकथाममा राम्रो व्यवस्थापन गर्न सफल चिनमा भने आर्थिक वृद्धिदर ३ प्रतिशत भन्दा माथि देखिएको छ । भारतको कुल गार्हस्थ उत्पादनमा ठूलो गिरावट आएपछि नेपालको अर्थतन्त्रमा पनि त्यसको असर पर्न सक्ने देखिन्छ । त्यसैले अर्थतन्त्रलाई जोगाउनका लागि पनि निषेधाज्ञाको स्वरुप परिवर्तन गरी नयाँ रणनीतिका साथ कोभिड नियन्त्रणका लागि काम गर्नुपर्ने सुझाव व्यवसायीहरुको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top